सहारा दैनिक

spot_img
Homeदेशमधेशअनुसन्धान तथा प्रकाशन सम्बन्धी शैक्षिक गोष्ठी सम्पन्न

अनुसन्धान तथा प्रकाशन सम्बन्धी शैक्षिक गोष्ठी सम्पन्न

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ चैत्र ।
ज्ञानदा एकेडमी वीरगंजद्वारा आयोजित अनुसन्धान तथा प्रकाशन सम्बन्धी शैक्षिक गोष्ठी सम्पन्न भएको छ ।
ज्ञानदा एकेडेमीको बहुउद्देश्यीय सभाहलमा आयोजित अनुसन्धान तथा प्रकाशन सम्बन्धी एकदिने शैक्षिक गोष्ठीमा डा. महानन्द चालिसेले उदेश्य प्रस्तुत गर्नु भयो ।
गोष्ठीका प्रमुख अतिथि समेत रहेका त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका प्रोफ्रेसर डा. चालिसेले अनुसन्धानकर्ताको प्राथमिक कार्य भनेको बृहत् वैज्ञानिक समुदायमा प्राविधिक नतिजाहरूको सञ्चार भएको त्यो लिखित वा मौखिक रूपमा हुन सक्छ भन्नु भयो ।
उहाले वैज्ञानिक संचार वैज्ञानिक अनुसन्धान विधिमा एक महत्वपूर्ण चरण भएको र एक वैज्ञानिक क्षेत्र भित्र यी सबै अपरिहार्य भएको कारण लिखित वैज्ञानिक पाण्डुलिपि र लेखलाई हल्का रूपमा लिनु नहुने बताउदै प्रकाशनको लागि जर्नलमा सफलतापूर्वक पेश गरिएका लेखहरूको तीन घटकहरू (१) समग्र विचार, (२) कार्यको कार्यान्वयन, र (३) प्रस्तुतीकरणका बारे प्रष्ट्याउनु भयो ।
वैज्ञानिक अनुसन्धान एक परिभाषित अनुसन्धानका साथ प्रश्नबाट सुरु हुने, जसको परिणाम राम्रोसंग डिजाइन गरिएको अनुसन्धान प्रोटोकलमा हुन्छ जसले समग्र दृष्टिकोणको योजना बनाउछ भन्दै उहाले शैक्षिक सुधारमा अपनाउन सकिने उपायहरुका बारेमा जानकारी दिनुभयो ।
गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बाबुराम तिम्सिना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संदीप तुलस्यान, ज्ञानदाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइराला लगायत प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -