सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ चैत्र ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको दोश्रो महाधिवेशन वीरगंजमा हुने भएको छ ।
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा बुधवार आयोजित पत्रकार सम्मेलनमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको दोश्रो महाधिवेशनका कन्भेनर लायन प्रकाश बाहेतीले आउदो चैत्र २४ गते क्लार्क रिसोर्ट वीरगंजमा हुने महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनु भयो ।
महाधिवेशनको मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र लायन्स क्लब इन्टरनेशनलका पाष्ट इन्टरनेशनल डाईरेक्टर लायन जि.एस. होराद्वारा संयुक्त रुपमा उद्घाटन हुने कार्यक्रम रहेको उहाले बताउनु भयो ।
देशभरबाट ४०० जना प्रतिनिधि सहभागी हुने महाधिवेशनले लायन्स क्लब इन्टरनेशनलको विधान अनुसार डिष्ट्रिक्ट गभर्नर, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा लायन वर्ष २०२४/२०२५ का लागि नयाा नेतृत्व चयन गर्ने जनाइएको छ ।
डिष्ट्रिक्ट गभर्नर पदमा हेटौडाबाट लायन तासी डोल्मा तुम्बाहाम्फे, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर पदमा काठमाण्डौबाट लायन बिनय बस्नेत र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदकालागि वीरगंजबाट लायन रामबिहारी पाण्डे आकांक्षी रहेको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका गभर्नर लायन डि.एन. अग्रवालले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा लायन्स क्लब इन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा. रमेश अग्रवाल, डिष्ट्रिक्ट ३२५ एसका क्याबिनेट सेक्रेटरी लायन बासु तिमिल्सिना, क्याबिनेट ट्रेजर लायन रामबिहारी पाण्डे, नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारी, डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन सन्दिप केडिया, रिजन चेयरपर्सन लायन संजय अग्रवाल, एरिया चिफ लायन उमेश शर्मा, एरिया सेक्रेटरी लायन श्याम गुप्ता, लायन नरोत्तम पाण्डे लगायत लायन्स सदस्यहरुको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनको सहजीकरण लायन्स क्लब इन्टरनेशनलका जोन चेयरपर्सन लायन विजय कुशवाहाले गरेका थिए ।
Facebook Comments Box