सहारा दैनिक

spot_img
Homeसमाचारलाखौं मुल्य बराबरको खाद्यान्न तथा तरकारी नियन्त्रण

लाखौं मुल्य बराबरको खाद्यान्न तथा तरकारी नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ चैत्र ।
पर्सा प्रहरीले लाखौं मुल्य बराबरको खाद्यान्न तथा हरियो तरकारी नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले
वीरगंज महानगरपालिका वडा नं. १ र १६ स्थित सडकखण्डबाट लाखौं मुल्य बराबरको खाद्यान्न तथा हरियो तरकारी नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी अनाधिकृतरूपमा जम्मा गरी राखेको मैदा २३०० के.जी., पापड १२८ के.जी., सुरवालको थान कपडा–६९७ मिटर वीमनपा वडा नं. १ छपकैयाबाट नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
उक्त समाग्रीहरुको अन्दाजी मुल्य दुई लाख आठ हजार सात सय नव्वे मुल्यांकन गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाइएको छ ।
त्यसै गरी वी.म.न.पा.वडा नं.१६ नगवा स्थित सडकखण्डबाट अं.मु.रू. दुई लाख एकासी हजार साठी मुल्य बराबरको हरियो खुर्सानी–८८९ के.जी., गोलभेडा–२३५० के.जी., कटहर–३५०० के.जी. नियन्त्रणमा लिइ वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -