सहारा दैनिक

spot_img
Homeसमाचारसुन तस्करी प्रकरणमा सांसद यादवः छानविनमाथि छानविन अनुचित

सुन तस्करी प्रकरणमा सांसद यादवः छानविनमाथि छानविन अनुचित

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १९ चैत्र ।
जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवं सांसद प्रदिप यादवले एउटा अनुसन्धानमाथि अर्को छानबिन उचित नभएको बताउनु भएको छ ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को अनुसन्धान चलिरहंदा ओभरटेक गरेर छानबिन गर्नु र कमजोरी देखिएको भनेर कारवाही गर भन्नु अपरिपक्व कदम भएको बताउनु भएको हो ।
पूर्वन्यायाधीश र पूर्वप्रहरी अधिकारी सम्मिलित जांचबुझ आयोगको प्रतिवेदनले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा र सिआइबीको अनुसन्धानमा कैफियत देखाएपछि सरकारले महरालाई नियन्त्रणमा लिएर पुनः अनुसन्धान थालेको छ भने सिआइबी प्रमुख परिवर्तन गरेको छ ।
सांसद यादवले एउटा छानबिन नसकिंदै त्यसमाथि अर्को छानबिन गर्नु र कारवाही गर्नु उपयुक्त नभएको बताउनु भयो ।
सुन प्रकरणमा प्रमाणको आधारमा सिआइबीले मुद्दा प्रक्रिया अगाडि बढाएको हो । नेपाल प्रहरीसंग नयाँ प्रविधि नहुंदा म्यानुअलबाट काम गरिरहेको छ । सीमित प्रविधिकै आधारमा काम गरिरहेको छ । तर पनि सफलता हासिल गरिरहेको उहाले भन्नु भयो ।
सांसद यादवले सरकार सुन तस्करीमा काम गरिरहेको र प्रतिवेदन बुझाएको सिआइबी माथि जाँचबुझ आयोग बनाउछ, वर्तमान प्रहरीमाथि पूर्वप्रहरीले छानविन गर्छ । अनुसन्धानमा खटिएको प्रहरी अधिकृतमाथि कारवाही गर्न सरकारलाई निर्देशित गर्छ । प्रतिवेदन कार्यान्वयनका निम्ति सरकार सिआइबीका अनुसन्धान अधिकृतलाई कारवाही गर्छ । यसरी छानविनमाथि छानविन गर्ने हो भने भोलिका दिनमा कोही पनि प्रहरी काम गर्न चाहंदैन । काम गर्न डराउछ भननु भयो ।
सांसद यादवले प्रहरीले लगेको मुद्दामा जिल्लाले छोडिदिने, उच्चले थुनामा पठाउने र सर्वोच्चले छोडिदिने अभ्यास रहेको भन्दै छानबिनमाथि छानबिन नीतिअनुसार यसमा उच्चले जिल्लालाई र उच्चलाई सर्वोच्चले कारवाही गर्ने हो भने यो प्रणालीका लागि राम्रो नहुने तर्फ सचेत गराउनु भयो ।
उहाले यदि छानबिनमा कुनै व्यक्तिले गल्ती गरेको छ भने कारवाही गरोस् । तर, संस्थालाई बदना गर्ने काम नगरोस्, यसरी मनोबल खस्छ भन्नु भयो ।
सांसद यादवले छानबिनमाथि छानबिनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न नसकेको बताउदै प्रहरीले अनुसन्धान गरी दोषी समातिसके पनि स्थानीयको आन्दोलन थेग्न नसकेको सरकारले छानविन समिति बनायो, त्यसले काम गर्न सकेन । अर्को छानविन समिति बनायो, त्यसले पनि काम गर्न सकेन । र आजसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । त्यो पत्ता पनि लाग्न सक्दैन, किनकि हत्यारालाई आन्दोलनको दबाबमा त्यही बेला छोडिसकेको आरोप उहाले लगाउनु भयो ।
सांसद यादवले छानबिन माथि छानबिन गर्नेभन्दा भइरहेको अनुसन्धानलाई प्रभावकारी बनाउनतिर लाग्नुपर्नेमा जोड दिंदै सरकार दबाबमा पर्ने होइन, न्यायोचित काम गर्न आफ्नो अनुसन्धान अधिकृतलाई खटाएर राम्रोसंग अनुसन्धान गरोस् । दोषी नउम्कियोस, निर्दोष नसफसोस्, त्यसमा सरकारको ध्यान जाओस भन्नु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -