सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ चैत्र ।
पर्सा जिल्ला जिराभवानी गाउपालिकामा निःशुल्क प्रजनन सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जिराभवानी गाउपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित स्वास्थ्य शिविरमा पाठेघरको मुखको क्यान्सर (भि.आई.ए.) सम्बन्धी परिक्षण, आंग खसेको विरामीहरुको परिक्षण, ब्यवस्थापन तथा उपचार बारे परामर्श दिइएको छ ।
वडा अध्यक्ष राजेश्वर दास थारुको सभापतित्वमा आयोजित शिविरको जिराभवानी गाउपालिकाका अध्यक्ष अनोज चौधरीले उदघाटन गरेका थिए ।
जिराभवानी गाउपालिका वडा नं. ४ स्थित सुपौली स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा नारायणी अस्पताल वीरगंजका चिकित्सक डा. मन्जु राम, स्वास्थ्यकर्मी खुश्बु मिश्रा, जिराभवानी गापा स्वास्थ्य शाखा प्रमुख अजय कुमार दास थारु, सरोज पंडित, ज्ञान किशोर महतो, राज किशोर यादव, सफिकुला अंसारी, मिथिलेश कुमार यादव, संतोष कुमारी चौधरी लगायतको टोलीले स्वास्थ्य परिक्षण तथा परामर्श दिइएको जनाइएको छ ।
Facebook Comments Box