सहारा दैनिक

spot_img
Homeदेशमधेशअनलाईन ठगी गर्ने समुहका दुई चिनिया सहित चार जना पक्राउ

अनलाईन ठगी गर्ने समुहका दुई चिनिया सहित चार जना पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ चैत्र ।
कल सेन्टर स्थापना गरी अनलाइन ठगी गर्ने समुहका दुई जना चिनियाँ नागरिक सहित चारजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मनवा स्थित नन्दू पटेलको दुई तल्ले घर भाडामा लिई अनलाइनको माध्यमबाट ठगी गर्न स्थापना गरिएको कल सेन्टरमा प्रहरीले छापामारी गरी दुई चिनिया नागरिक सहित ४ जनालाई पक्राउ गरेको हो ।


सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पटेलको घरमा छापामारी गरी अनलाईन ठगीका लागी स्थापना गरिएको कल सेन्टरबाट ६० थान भन्दा बढि कम्प्युटर तथा ल्यापटप लगायतका उपकरणका साथै टेबल, कुर्सी र केही मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ ।


प्रहरीले शनिवार बिहान वीरगंज महानगरपालिका वडा नं. १६ स्थित नगवाबाट दुई जनालाई पक्राउ गरी अनुसन्धान गर्दै जाने क्रममा दुई जना चिनिया नागरिक पनि पक्राउ परेको बताइएको छ ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ कुमार बिक्रम थापाले कल सेन्टर स्थापना गरी अनलाईन (वाट्स्एप) मार्फत सर्वसाधारणलाई चिठ्ठा परेको भनी फोन र म्यासेज गरी ठगी गर्ने कार्य गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनु भयो ।


उहाले कल बाइपास (अवैध समानान्तर टेलिकम) संचालन गरेको चर्चामा आए पनि हाम्रो प्रारम्भिक अनुसन्धानले अनलाईन (वाट्स्एप) मार्फत सर्वसाधारणलाई चिठ्ठा परेको भनी फोन र म्यासेज गरी ठगी गर्ने कार्य उनीहरुले गरिरहेको खुलेको बताउनु भयो ।
पछिल्लो समय वाट्स्एप मार्फत फोन र म्यासेज गरी सर्वसाधारणलाई चिठ्ठा परेको भनी रोयाल्टी वापत रकम विभिन्न खातामा जम्मा गर्न लगाएर ठगी गर्ने गिरोह सकृय रहेको पटक–पटक फेला पर्दै आएको भए पनि ठगीने कार्य भने रोकिएको छैन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -