सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० चैत्र ।
लागु औषध चरेश सहित पर्सा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ ।
भारतबाट चरेश खरिद गर्न आएका सहित दुई भारतीय र बिक्रि गर्न आएका एक जना नेपाली नागरिकलाई प्रहरीले वीरगंज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थित नारायणी गेष्ट हाउसबाट पक्राउ गरेको हो ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा भारतबाट नेपालतर्फ संकास्पदरूपमा नेपालतर्फ आउदै गरेको भारत विहार जिल्ला सिवान बस्ने वर्ष २४ को महमद आलमलाई रोकेर खानतलासी गर्दा निजको साथबाट श्रोत नखुलेको नेपाली रु.२ लाख ५० हजार फेला परे पछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
श्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिइएको आलमबाट प्रारम्भिक अनुसन्धान गर्दा निज लागु औषध चरेश खरिद गर्न आएको खुले पछि थप अनुसन्धान गर्ने क्रममा वीमनपा वडा नं.८ स्थित नारायणी गेष्ट हाउसबाट धादिङ जिल्ला गजुरी गा.पा.वडा नं.८ बस्ने वर्ष २९ को सुरेश तामाङ र भारत विहार जिल्ला सिवान बस्ने वर्ष २२ को आरिफ राजालाई लागु औषध चरेश १२ किलो २४० ग्राम सहित नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका फ्रवक्ता कुमार वित्रम थापाले जानकारी दिनु भयो ।
Facebook Comments Box