सहारा दैनिक

spot_img
Homeदेशमधेशएक करोड त्रिषठ्ठी लाख भन्दा बढिको अवैध सामानहरू सहित ३ ट्रक नियन्त्रण

एक करोड त्रिषठ्ठी लाख भन्दा बढिको अवैध सामानहरू सहित ३ ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ चैत्र ।
पर्सा प्रहरीले एक करोड त्रिषठ्ठी लाख भन्दा बढिको अवैध सामानहरू सहित तिन ट्रकहरू नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १२ र वडा नं. १४ स्थित सडकखण्डबाट एक करोड त्रिषठ्ठी लाख भन्दा बढिको अवैध सामानहरू लोड ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले मंगलवार राती साढे ११ बजेको समयमा खाद्यान्न तथा खुद्रा सामानहरू लोड गरी काठमाण्डौ र मोरङतर्फ जादै गरेको अवस्थामा वी.म.न.पा.वडा नं.१२ मुर्ली स्थित सडकखण्डबाट ना.४ ख ८७४०, ना.३ ख ६०९५ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेकजाँच गर्दा विलविजक विलविजक संकाष्पद देखिएको तथा विलविजक भन्दा बढीका मालबस्तुहरू लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
उक्त समाग्रिहरु अ.मू.रू.१ करोड ३१ लाख ७१ हजार ३ सय ९ बराबरको रहेको जनाइएको छ ।
त्यसै गरी प्रहरी टोलीले बुधवार बिहान (राती) १ः१४ बजेको समयमा औषधी लगायतका मालबस्तुहरू लोड गरी वीरगंजबाट धनुषा तर्फ जांदै गरेको अवस्थामा वी.म.न.पा.वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डमा ना.८ ख ७२४१ नम्बरको मालवाहक ट्रकलाई रोकेर चेकजाँच गर्दा विलविजक संकाष्पद देखिएको तथा विलविजक भन्दा बढीका मालबस्तुहरू लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको प्रनाउ थापाले जानकारी दिनु भयो ।
उक्त ट्रकमा लोड रहेको औषधी लगायतका मालबस्तुहरू अ.मू.रू.३१ लाख ६८ हजार ५ सय २० बराबरको रहेको उहाले जानकारी दिनु भयो ।
तिन वटै ट्रकमा लोड रहेको खाद्यान्न, औषधी, विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर पार्टसहरूको विलविजक संकाष्पद देखिएको तथा विलविजक भन्दा बढीका मालबस्तुहरूको अ.मू.रु.१ करोड ६३ लाख ३९ हजार ८ सय २९ मुल्यांकन गरी आस्यक कारवाहीको लागी बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -