वीरगंज, ०७ चैत्र ।
जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले सरकारले हतारमा ल्याएको बजेटका कारण कतिपय प्राथमिकतामा रहेका आयोजनाहरु छुट्ने गरेको बताउनु भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले संसदमा हप्तौदिन बजेटको बारेमा छलफल हुने तर सांसदको सुझाव बजेटमा समावेस नहुने गरेको आरोप लगाउनु भयो ।
उहाले अब सरकारले कुनै बहाना नगरि बजेट माथि आएका संसद्का सुझावहरु समिक्षा गर्ने पनि विश्वास व्यक्त गर्नु भयो ।
समन्यायिक समाजको परकल्पना गर्ने समेत नगरेको भन्दै सांसद यादवले विनियोनज विधेयकले कसरी उन्मुख समाजवाद्को आधारशिला खडा गर्न सक्छ भन्ने प्रश्न गर्नु भयो ।
सांसद यादवले वित्त नितिसंग जोडीएका राजश्व, बजेटघाटा, व्यापार घाटा सार्वजनिक ऋण खर्च, उत्पादकत्व, विदेश पलायन इत्यादिको बारेमा विनियोजन विधेयकले सम्बोधन गर्नुपर्ने प्राथमिकताहरुको स्पष्ट मुख्य खाका प्रस्तुत नगरिएको बताउनु भयो ।
“अहिलेका परिवेसमा अर्थतन्त्रको सबै सुचक बलियो र सकारात्मक भनिताएपनि बाह्रय तथा मुद्राको स्थिति मात्र सकारात्मक हुदैमा समग्र अर्थतन्त्र कसरी सन्तुलित भयो ? उहाले अर्थतन्त्रका मुख्य चनौतिले फरिरहेको असरको क्रमअनुसार सम्बोधन हुनसक्ने बजेट तथा कार्यत्रम ल्याउन आवश्य छ भन्नु भयो ।”
उहाले निजि क्षेत्रको आत्मबल तय हुने आधार तथा योजना सरकारले तय गर्नुपर्ने साथै आर्थीक समस्याले झुलिरहेको देशको चुनौतिहरुलाई प्राथमिकताका साथ समाधान गर्न अहिलेको आवस्यक्ता रहेको बताउनु भयो ।
विगतमा आलोचित रहेका केहि व्यवसायी घरानाहरुलाई कर तथा राजश्वको दायरामा ल्याउन नसक्नु तथा ठुला बडालाई काखी च्याप्ने असमान प्रवृतिले गर्दा आउदो बजेटले फेरी गरिब नेपाली जनता तथा साना व्यवसायीहरु नै मारमा पर्ने तर्फ ध्यानाकर्षण गराउदै अहिले डिजेल र पेट्रोलको मुल्य बढी रहेकाले इलेक्ट्रीक गाडीहरु प्रति सरकारको ध्यान जानु पर्ने आवस्यकता उहाले औल्याउनु भयो ।
मधेश प्रदेश विकाशमा पिछिडिएकाले यसको लागी सरकारले विशेष बजेट दिन जरुरी रहेको बताउदै नेपालमा आलु र प्याजको खेति न्युन रहेकाले गरिब जनताहरुको सहजताका लागी अन्य मुलुकबाट आयात हुने यस्ता आवस्यक कच्चा पदार्थहरुको कर हटाउन सांसद यादवले मांग गर्नु भयो ।
वीरगंजको नारायणी रंगशाला जिर्ण हुंदै गइरहेकाले यस प्रति सरकारले विशेष ध्यान दिन जरुरी रहेको बताउदै जिर्ण नारायणी रंगशाला निर्माणका लागी सांसद यादवले रु. २ अर्ब विनियोजन गर्न मांग पनि गर्नु भयो ।
त्यसै गरी सांसद यादवले बन्द रहेको चिनि कारखाना उखू किसानहरुका लागी राज्यले संचालन गर्न आवस्य रहेको बताउदै बन्द रहेको कृषि औजार कारखाना संचालनका लागी अभियन्ता महाबिर पुनलाई राज्यले दिएको तर त्यसका लागी आवश्य बजेट नदिंदा अहिले सो कार्य अलमलमा परेको पनि ध्यानाकर्षण गराउनु भयो ।
सांसद यादवले किसानहरुका लागी रसायनीक मल अभाव हुन नदिन सरकारले बारम्बार भनेतापनि अहिले सम्म अर्थमंन्त्रिले बोल्ने कार्य मात्र गरेको बताउनु भयो ।
उहाले चुरे संरक्षण, पर्सा वन्यजन्तु आरक्षण ,बन्द जनकपुर चुरोट कारखाना, कोशि टापु बन आरक्षणको बिकाशको परियोजना तथा कमला माई डाइभर्सनको बिकाशको कुरा लामो समय देखी उठाउदा पनि यस प्रति सरकारको योजना के रहेको भन्ने प्रश्न गर्नु भयो ।
सांसदको सुझाव बजेटमा समावेश नभएको सांसद यादवको आरोप
Facebook Comments Box