सहारा दैनिक

spot_img
Homeदेशमधेशलागु औषध गाँजा सहित यादव पक्राउ

लागु औषध गाँजा सहित यादव पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०५ चैत्र ।
वीरगंज महानगरपालिका वडा नं. १७ अलौबाट लागु औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं.१७ अलौबाट लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।
पर्सा जिल्ला पर्सागढी न.पा.वडा नं.९ निवासी ४२ वर्षीय मुरारी प्रसाद यादवलाई सेतो प्लाष्टिकको झोला साथमा लिई संकाष्पदरूपमा भारततर्फ जाादै गरेको अवस्थामा चेकिङ टोलीले खानतलासी गर्दा निजले आफ्नै शरीरमा प्लाष्टिकको टेपले वेरेर शरीरमा लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ३ किलो २०० ग्राम फेला परेको जिप्रकाले जनाएको छ ।
लागु औषध गाँजा सहित नियन्त्रणमा लिइएको यादव विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -