सहारा दैनिक

spot_img
Homeदेशमधेशचोरी पैठारी गरी ल्याएको लत्ताकपडाहरू नियन्त्रण

चोरी पैठारी गरी ल्याएको लत्ताकपडाहरू नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३० फागुन ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ताकपडाहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीलाई देखेर तस्करहरुले छाडेर भागेको लत्ताकपडाहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लत्ताकपडाहरू वीरगंज महानगरपालिका वडा नं.७ स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिएको कपडाहरु होलीको टपस–२०३० पिस, टपस–२६४ पिस र कुर्ता सुरवाल–२३० पिसको अं.मुल्य रू.८ लाख ३९ हजार ४ सय मुल्यांकन गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा पठाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -