सहारा दैनिक

spot_img
Homeदेशमधेश४२ लाख बराबरको मालसामान नियन्त्रण

४२ लाख बराबरको मालसामान नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ फागुन ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको जुत्ताहरू प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित एक घरकोठाबाट चोरी पैठारी गरी ल्याएको जुक्ताहरू शुत्रवार नियन्क्रणमा लिएको हो ।
नामथर वतन नखुलेको व्यत्तिले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको जुत्ताहरू अनाधिकृतरूपमा भण्डारण गरी राखिएको भनी आएको सुचनाको आधारमा प्रहरी टोलीले खानतलासी गरी स्थानीय जनप्रतिनिधीहरूको रोहब्बरमा वेवारिसे अवस्थामा ६९५ जोर जुत्ताहरु, क्गउभच ऋष्अिप ऋचझब–३७ पिस र प्लाष्टिकको लेडिज चप्पल–२६ पिस फेला परेको जिप्रका पर्साले जनाएको छ ।
फेला परेको उक्त सामानहरुको अन्दाजी मुल्य रु. ७ लाख ५ हजार मुल्यांकन गरी आवश्यक कारवाहीको लागी आइतवार वीरगंज भन्सार कार्यालयमा पठाइएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी बिल बिजक भन्दा बढी हार्डवेयर लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी आइतवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
जिप्रका पर्साका प्रवक्ता प्रनाउ ध्रुव कुमार श्रेष्ठका अनुसार सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिहिवार राती साढे ११ बजे वीरगंज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डमा ना.६ ख ४२७१नम्बरको ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयर पार्टस लोड रहेको देखिए पछि ट्रक नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको ट्रक भित्र लोड रहेको हार्डवेयर पार्टसहरूको अ. मु.रू.३५ लाख १५ हजार ४ सय ५ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रनाउ श्रेष्ठले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -