सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ फागुन ।
सानो पाईलाले महिलालाई उद्यमी बनाउने परियोजनाको शुभारम्भ गरेको छ ।
स्कुल अफ वुमेन्स इन्टरप्रिनरशिप नामक परियोजनाको शनिवार एक कार्यक्रम विच शुभारम्भ गरिएको हो ।
परियोजनाको शुभारम्भ कार्यक्रममा
पूर्व उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री एवं पर्सा क्षेत्र नम्बर ४ का सांसद रमेश रिजालले एकल महिला तथा हिंसामा परेका महिला र विपन्न महिलालाई सीप सिकाएर स्वरोजगार बनाउने कार्यको सह्राना गर्दै यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।
त्यसै गरी पर्सा क्षेक्र नम्बर २ का सांसद अजय चौरसियाले महिला सशत्तीकरणका लागि सीप अनिवार्य भएको बताउदै सीप सिकेर आत्मनिर्भर बने स्वतः आत्मविश्वास बृद्धि हुने धारणा राख्नु भयो ।
कार्यक्रममा सांसद मनिष झाले अधिकांश तालिम बजेट सकाउने उद्देश्यले सञ्चालन हुने गरेको भएपनि सानो पाईलाले सञ्चालन गर्ने परियोजना वास्तवमै प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो ।
उहाले अहिलेको समयमा यस्तो तालिमको खाँचो रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागी मधेश प्रदेशका प्रदेशसभा सदस्य श्याम पटेल, जि टु एसियाका नेपाल प्रतिनीधि सुरेश तामाङ्, पटेर्वासुगौली गाउपालिकाका अध्यक्ष दिनेशलाल चौधरी लगायतले महिला उद्यमशीलता र स्वरोजगारका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा सानो पाइलाका सञ्चार अधिकृत विवेक कर्णले यस परियोजनामा महिलालाई विभिन्न सीपहरु सिकाइने जानकारी दिदनु भयो ।
जसअर्न्तगत पर्सा जिल्ला पटेर्वासुगौली गाउपालिकामा ३ महिनासम्म आवासीय हस्तकला सामग्री उत्पादन सम्बन्धी तालिम दिइनेछ भने ललितपुरमा कास्य परियोजना अर्न्तगत गरगहना बनाउने तालिम दिइने जानकारी दिनु भयो ।
Facebook Comments Box