सहारा दैनिक

spot_img
Homeदेशगण्डकीपाँच वर्षीय बालकले लाइटर खेलाउँदा मृत्यु

पाँच वर्षीय बालकले लाइटर खेलाउँदा मृत्यु

तनहुँ, २५ फागुन (रासस)
तनहुँको ऋषिङ गाउँपालिका–६ दाउन्नेमा आगलागीमा परेर आज पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
आगलागीमा परी शिशिर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा निजका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो । निजको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले राससलाई जानकारी दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -