सहारा दैनिक

spot_img
Homeसमाचारलोसपा वरिष्ठ नेता महतोले गरे पार्टी परित्याग

लोसपा वरिष्ठ नेता महतोले गरे पार्टी परित्याग

काठमाडौँ, १४ फागुन (रासस)
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।
वरिष्ठ नेता महतोले आज यहाँ पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी परित्यागको घोषणा गर्नुभएको हो । पार्टी परित्यागसँगै ऊहाँले “राष्ट्रिय मुक्ति त्रान्ति” नामक अभियानको घोषणा पनि गर्नुभएको छ ।
केही समयदेखि लोसपा नेतृत्वसँग असन्तुष्ट रहँदै आउनुभएका नेता महतोले पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागसहित औपचारिकरुफमा “राष्ट्रिय मुक्ति त्रान्ति” नामक अभियानको घोषणा पनि गर्नुभएको थियो ।
नेता महतोले आफूले आज घोषणा गरेको अभियान, सङ्घर्ष र विद्रोहका रुपमा अगाडि बढ्ने पनि बताउनुभयो । आफूले लोसपा परित्याग गरे पनि ऊक्त त्रान्तिमार्फत सक्रिय रहने उहाँको भनाइ थियो ।
पार्टी परित्याग गर्नुपर्ने कारणबारे उहाँले भन्नुभयो, “जुन आशा र अपेक्षाअनुसार हामीले लोसपाको विकास गर्न खोजेका थियौँ, त्यसरी सो पार्टीले मुलुकलाई निकास दिनसक्ने अवस्था देखिएन । मधेस र समग्र देशका नागरिकका अपेक्षाअनुसार सो पार्टीले काम गर्न सकेन । त्यसैले मैले पार्टी परित्याग गरेर नयाँ क्रान्तिको सुरुआत गरेको हो ।”

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -