सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ फागुन ।
पर्सा प्रहरीले बिल बिजक भन्दा बढी हार्डवेयर लोड रहेको मालवाहक ट्याक्टर र चोरी पैठारीको प्याज सहित पिकअप नियन्त्रणमा लिएको छ ।
वीरगंज महानगरपालिका वडा नं. २५ स्थित चण्डाल चोक र वडा नं. ५ कुम्हाल टोल स्थित सडकखण्डबाट हार्डवेयर लोड ट्याक्टर र प्याल लोड रहेको पिकअप नियन्त्रणमा लिएको हो ।
सुचनाको आधारमा खटिएको प्रहरी टोलीले आइतवार साढे ९ बजे राती वीमनपा वडा नं.२५ चण्डाल चोक स्थित सडकखण्डमा द्यच्ण्छन्ब् घठढज्ञ नम्बरको भारतीय ट्याक्टरलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी हार्डवेयर पार्टस लोड रहेको देखिए पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिइएको ट्याक्टरमा लोड रहेको हार्डवेयर पाटर्सको अ.मु.रू.२ लाख ३३ हजार ४ सय ८१ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि सोमवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।
त्यसै गरी भन्सार चोरी पैठारी गरी भित्राइएका प्याज लोड रहेको एक पिकअप गाडी नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
जिप्रका पर्सा प्रवक्ता प्रनाउ कुमार विक्रम थापाका अनुसार आइतवार साढे १० बजे वीमनपा वडा नं.५ कुम्हाल टोल स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी भित्राइएका प्याज ६० बोरामा रहेको २ हजार ८ सय ८० किलो लोड रहेको प्रदेश २–०३–००१ च ३३०४ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो ।
वीरगंजबाट अन्यत्र स्थानमा लैजाँदै गरेको अवस्थामा जिप्रकाबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई प्याजको अ.मु.रू.१६ लाख १५ हजार २ सय मुल्यांकन गरी आवश्यक कारवाहीको लागि सोमवार वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box