सहारा दैनिक

spot_img
Homeसमाचारकेयर रेटिङ र इक्राले सेयर बजारमा गैह्रकानुनीरुपमा कम्पनीको रेटिङ बढाउने गरेको छ–सांसद...

केयर रेटिङ र इक्राले सेयर बजारमा गैह्रकानुनीरुपमा कम्पनीको रेटिङ बढाउने गरेको छ–सांसद यादव

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ फागुन ।
जनता समाजवादी पार्टीका सांसद प्रदीप यावदले केयर रेटिङ नेपाल र इक्रा नेपालले गैह्रकानुनीरुपमा कम्पनीको रेटिङ बढाउने गरेको आरोप लगाउनु भएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसद यादवले यी दुई एजेन्सीले गैह्रकानुनीरुपले कम्पनीको रेटिङ तोक्दै आएको सूचना आफूले पाएको बताउनु भयो ।
उहाले सेयर बजारमा लगानीकर्ताको रकम डुब्ने जोखिम बढ्दै गएको बताउदै केयर रेटिङ नेपाल र इक्रा नेपालले कानुन अनुसार रेटिङ गरेको छ वा छैन भनेर धितोपत्र बोर्डको नियमन कमजोर भएको दावी गर्नु भयो ।
उहाले मैले सूचना पाए अनुसार यी एजेन्सीहरूले गैरकानुनरुपले रेटिङ बढाउँछन् । धितोपत्र बोर्डले दूधको साक्षी बिरालो जस्तो भएर बसेर हेरिरहेको छ भन्दै रेटिङ कुनै पनि कम्पनीको वास्तविक अवस्था थाहा पाउन गरिन्छ । यसको नियमन धितोपत्र बोर्डले किन गर्दैन ? प्रश्न गर्नु भयो ।
रेटिङ एजेन्सीहरूसँग मिलेर सेयर बजारका दलालहरूले नै बजार घडबढ गर्न चलखेल गर्दै आएको आरोप लगाउदै उहाले यी खेलाडीहरू रेटिङ कम्पनीसँग मिलेर सेयर मार्केटमा केही लगानी गर्छन् । तब सेयर मार्केट माथि बढ्छ अनि बजार नबुझेका लगानीकर्ताहरू लगानी गर्छन् । अनि ती बिचौलियाहरू आफ्नो रकम झिक्छन् र सोझा लगानीकर्ताहरू डुब्छन् भन्नु भयो ।
रेटिङ एजेन्सीहरूले पूर्वाग्रही भएर रेटिङ तोकिदिँदा लगानीकर्ताले मेहेनत गरेर कमाएको रकम गुम्ने जोखिमको संभावना रहेको बताउँदै सांसद यादवले रेटिङ एजेन्सीको कानुन अनुसार काम गरिरहेको छ/ छैन भनेर नियमित अनुगमन हुनुपर्ने माग गर्नु भएको उहाका स्वकीय सचिव निखिल बर्णवालले जानकारी दिनु भयो ।
कम्पनीको साख निर्धारण गर्न रेटिङ गरिन्छ । जुन आईपीओ,एफपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका कम्पनीको जोखिम के कस्तो छ भनेर केयर रेटिङ नेपाल र इक्रा नेपालले मूल्यांकन गर्नेगर्छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -