सहारा दैनिक

spot_img
Homeदेशमधेशगाँजा सहित एक पक्राउ

गाँजा सहित एक पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ फागुन ।
लागु औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी विन्दवासिनीबाट खटिएको चेकिङ टोलीले लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१९ तिलावे पुल स्थित सडकखण्डमा सवारी साधन तथा पैदल याक्रीहरूलाई जाँच गर्ने त्रममा साईकलमा सवार पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नं.९ बिश्रामपुर बस्ने वर्ष ५५ को मोखु राउत कुर्मीको शरीर खानतलासी गर्दा निजले आफ्नै शरीरमा लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा १ कलो १ सय ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषध गाँजा फेला परे पछि कुर्मीलाई नियन्त्रणमा लिइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -