सहारा दैनिक

spot_img
Homeदेशमधेशकार्यसम्पादन गर्दा सुशासनका मन्यता आत्मसात गर्नुपर्छ–आचार्य

कार्यसम्पादन गर्दा सुशासनका मन्यता आत्मसात गर्नुपर्छ–आचार्य

राधेश्याम साह–––––––––––––––
गौर, ०४ फागुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख उमाकान्त आचार्यले स्थानीय सरकारले संविधानतः प्राप्त अधिकार बमोजिम कार्यसम्पादन गर्नु पर्ने बताउनु भएको छ ।
तराई विकास तथा संचार केन्द्र नेपाल काठमाण्डौंद्वारा देवाहीगोनाही नगरपालिकाको सहकार्य एवं जिल्ला प्रशासन कार्यालय रौतहटको संयोजनमा आयोजित “सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भुमिका” बिषयक छलफल कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।
प्रमुख आचार्यले संविधानतः प्राप्त अधिकार बमोजिम कार्यसम्पादन गर्दा सुशासनका मन्यता आत्मसात गर्नुपर्छ भन्नु भयो ।
उहाले आफ्नो निर्णयमा खुलापन र पारदर्शिता, सार्वजनिक उत्तरदायित्व निर्वाह, कार्यसम्पादनमा प्रभावकारिता, कानुनको शासनको प्रभावकारी अभ्यास, भ्रष्टाचार नियन्त्रणको पर्याप्त र प्रभावकारी उपायका अवलम्बन, सरोकारवालाको सहभागिता, निर्णयमा पहुंच तथा शासन र लाभमा सबैको समावेशी सहभागिता जस्ता मानकले नै स्थानीय सरकारको सुशासनको अवस्थालाई प्रतिविम्बित गर्छ भन्नु भयो ।
प्रमुख आचार्य यसरी सामाजिक सुनवाइ उतरदायित्वको रुपमा सार्वजनिक सुनवाइ, जनसहभागिता, निस्पक्षतामा ध्यान दिदै अगाडि बढे भ्रष्टाचारको अन्त्यको साथै सेवाग्राहीमा सुशासनको प्रत्याभूति हुने बताउनु भयो ।
तराई विकास तथा संचार केन्द्रका अध्यक्ष गोविन्द चौलागाईंको सभापतित्वमा रौतहट जिल्ला स्थित देवाहीगोनाही नगरपालिकामा आयोजित कार्यक्रममा गौर नगरपालिकाका मेयर शम्भु साहले नगरपालिकाको धेरै जसो जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पुर्णरूपमा निर्वाह नगर्दा कैयौं जनप्रतिनिधि अख्तियारको फन्दामा परेको बताउदै त्यस्ता कानुन विपरीत कार्य नगर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा तराई विकास तथा संचार केन्द्रका अध्यक्ष चौलागाईंले सुशासन र सेवा प्रवाहका बारेमा बताउदै रौतहट जिल्ला लगायत मधेस प्रदेशको सबै जिल्लामा यस्तो कार्यक्रम हुने सो अवसरमा जानकारी दिनु भयो ।
कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख, कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि, कार्यपालिका सदस्य, सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -