सहारा दैनिक

spot_img
Homeसमाचारराजनीतिमा आरक्षणको माग गर्दै सर्वोच्चमा रिट दायर

राजनीतिमा आरक्षणको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं ०२, फागुन
विभेदकारी निर्वाचन कानुन संशोधन गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यकको पहुाच नै स्थापित हुन नसक्ने निर्वाचन पद्धतिले अन्यायमा परेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि स्थापना भएको मायाको पहिचान नेपालले निर्वाचन कानुन संशोधन गर्न अन्तरिम आदेश माग गर्दै रिट दर्ता गरेको कार्यकारी निर्देशक एवं पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तले जानकारी दिए।
पन्तले मायाको पहिचान नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय सम्बन्धी नेपालमा विद्यमान कानुनहरू संशोधन गर्ने अभियानको एउटा महत्त्वपूर्ण ऋखंला अनुसार विभेदकारी निर्वाचन ऐन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको बताए। “संविधानको धारा ४२ ले ग्यारेन्टी गरेको समावेशी अधिकार व्यवहारमा लागू गर्ने भने पनि त्यस पछि बनेका कानुनहरूले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरूलाई विभेदपूर्ण कानुनमा समेट्नबाट बहिष्कार गरे,”पन्तले भने,“त्यही भएर मायाको पहिचान नेपालले निजामती ऐन सम्बन्धी सार्वजनिक सरोकारको मुद्दा दायर गरिसकेको छ। र, आज निर्वाचन सम्बन्धी मुद्दा दायर गरेर अन्तरिम आदेश समेत माग गरिएको छ।”
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सूचीकृत अल्पसंख्यक तथा सीमान्तकृत समुदायलाई आरक्षण दिए जस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पनि राजनीतिमा आरक्षणको माग गरेको उनले बताए। “संसद्, राजनीतिक दलहरूले लोकतान्त्रिक मान्यता अनुरूप संविधानको मर्मलाई बुझेर यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समेत समावेशी हुने खालको कानुन नीति कार्यक्रम ल्याएको भए यो कदम चाल्न बाध्य हुनु पर्ने थिएन,”पन्तले भने,“आशा छ अदालतले सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरूको आाखा खोलिदिनेछ।”
संविधान लागु भएको यतिका वर्ष बितिसक्दा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट, संघीय संसद्, प्रदेश सभा समेतमा उपस्थिति नै शून्य रहेको छ। संविधानको धारा ४७ ले मौलिक हकको कार्यान्वयनमा यो संविधान प्रारम्भ भएको तीन वर्ष भित्र कानुनी व्यवस्था गर्नु भनी सीमा तोकेको छ।
अध्यक्ष रामबहादुर गुरुंग (माया), उपाध्यक्ष देवेन्द्रबहादुर खत्री (मधु), सचिव सुरेन्द्र पाण्डेसहित पााच जनाले बुधवार सर्वोच्च अदालत परमादेश समेत माग गरिएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय संसद् सचिवालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।
राज्यका विभिन्न तहको निर्वाचन मार्फत जनप्रतिनिधिको हैसियतमा यौनिक तथा लैंगिक अल्पसंख्यक समूहको प्रतिनिधित्व हुन नसकेको रिटमा उल्लेख गरिएको छ। “विद्यमान निर्वाचन आयोग ऐन, २०७३, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा अन्य निर्वाचन सम्बन्धी ऐनहरूले हामी निवेदकहरूको प्रतिनिधित्वलाई समेट्न नसकेकोले हामी प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न अन्य सरह सक्ने अवस्थामा छैनाौ,”रिटमा लेखिएको छ।
राज्यको विभिन्न निर्वाचन प्रणालीमा सहभागी हुन योग्य यौनिक तथा लैंगिक अल्पसंख्यक भएका व्यक्तिहरूलाई बहुसंख्यक नागरिक सरह नेपालको संविधानले अंगीकार गरेको समानुपातिक समावेशी सिद्धान्त बमोजिम समावेश गराइएको छैन।
संविधानको प्रस्तावना तथा मौलिक हक अधिकार खण्डमा लैंगिक तथा यौनिक अल्पसंख्यकहरूलाई सामाजिक न्यायको सुरक्षण गरे पनि राज्यको कुनै पनि निर्वाचन प्रणालीमा समावेशिताको आधारमा सहभागी गराइएको छैन। राष्ट्रले अंगालेको विभेदकारी नीति तथा कानुनले गर्दा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले अन्य नेपाली नागरिक सरह समान अवस्थामा निर्वाचित भई आफ्नो समूहको हक हित र समग्र देशको नीति निर्माण तहमा निर्वाचित भई प्रवेश गर्ने अवस्थामा नरहेको रिटमा उल्लेख गरिएको छ।
सरकारले संविधान प्रारम्भ भएको ३ वर्ष भित्रमा मौलिक हकको कार्यान्वयनको लागि १७ वटा विभिन्न ऐनहरू निर्माण गरिसकेको छ। तर यौनिक तथा लैंगिक अल्पसंख्यकहरू समूहको पहुाच निर्वाचन पद्धतिमा समावेश गर्नको लागि संविधानले परिकल्पना गरेको समानुपातिक समावेशीको सम्बन्धमा ऐन बनाइएको छैन।
संविधानको धारा १८(३), धारा ४२(१) मा रहेको प्रावधान अनुसारको व्यवस्था नगरी संविधानको धारा ३०४(१) अनुसार स्वतः अमान्य भएको कानुनलाई नै आधार मानेर नेपाल सरकार तथा मातहत मन्त्रालय तथा निकायले गरेको काम कारबाहीलाई मान्दै आएको कार्यले संवैधानिक मौलिक हकको हनन भई संविधानको उल्लंघन भएको रिटमा दाबी गरिएको छ।
रिट सुनुवाइका लागि शुक्रवार पेशीमा चढ्ने अधिवक्ता रौनिकराज अर्यालले बताए।
रिटमा गरिएको माग
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ (५) तथा उम्मेदवारको बन्दसुची तयार गर्ने तथा समानुपातिक निर्वाचनको मत परिणामको घोषणा सम्बन्धी व्यवस्थामा ऐ. ऐनको दफा २८ (५) बमोजिम अन्य समूह वा समुदाय सरह हामी निवेदकहरूको समेत निर्वाचनमा सहभागी भई समावेशी हुन पाउने हक रहने, हामीले समेत अन्य सरह सामाजिक न्यायको हक पाउने व्यवस्थाको लागि उक्त कानुनमा संशोधन वा परिमार्जन वा थपघट गर्नको लागि विपक्षीहरूका नाममा परमादेश लगायतको उपयुक्त आदेश जारी गरी हक प्रचलन गरी पाउा।
उपयुक्त बमोजिमको कानुन नबनेसम्म हामी निवेदकहरूले आफ्नो यौनिक अभिमुखीकरणको आधारमा पहिचान खुलाई निवेदन गरेको, फारम भरेको अवस्थामा विद्यमान प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८(५) तथा अनुसूची १ बमोजिमको अन्य समूह सरह समानुपातिक समावेशिताको सिद्धान्तको आधारमा अब नेपाल राज्यमा हुने केन्द्र देखि स्थानीय तहसम्म हुने निर्वाचनमा निवेदकहरू तथा हाम्रो समुदायका सदस्यहरूलाई समेत समावेश तथा उम्मेदवार बनाई प्रतिस्पर्धा गर्न पाउने आवश्यक व्यवस्था गर्नु गराउनु ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -