सहारा दैनिक

spot_img
Homeदेशमधेशबिल बिजक भन्दा बढी औषधी तथा खुद्रा समानहरू लोड दुई ट्रक नियन्त्रण

बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा समानहरू लोड दुई ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ माघ ।
बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा समानहरू लोड रहेको दुई ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा खटिएको प्रहरी टोलीले आइतवार राती र सोमवार बिहान गरी दुई मालबाहक ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले आइतवार राती करिव ११ बजे वीरगंज महानगरपालिका वडा नं.२१ परवानीपुर चोकस्थित सडकखण्डबाट ना.५ ख ८५६५ नम्बरको मालवाहक ट्रकलाई रोकेर जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको देखिए पछि उक्त ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रक भित्र रहेको औषधी तथा खुद्रा सामानहरूको अ.मु.रू. ७० लाख ४३ हजार ७ सय ५ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी सोमवार विहान ५ बजेको समयमा वीमनपा वडा नं.१४ गण्डक चोकबाट प्रदेश–१–०१–००१ ख ३९१५ नम्बरको मालवाहक कन्टेनरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कन्टेनर भित्र साथमा रहेको विल बिजक भन्दा बढीका विभिन्न किसिमका लत्ताकपडा तथा औषधीहरू लोड गरी वीरगंजबाट झापा तर्फ जांदै गरेको अवस्थामा जिप्रका पर्साबाट खटिएको टोलीले नियन्त्रणमा लिई विल विजक भन्दा बढीका मालबस्तुहरू लोड रहेको हुंदा अ.मू.रू.६९ लाख १५ हजार १ सय ६९ मुल्य बराबरका मालबस्तूहरू थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान पथलैया बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -