सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ माघ ।
जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेश समिति पुनर्गठन भएको छ ।
सो पार्टीको विधानले व्यवस्था गरेबमोजिम ५१ सदस्यीय मधेस प्रदेश समिति बालकिशोर यादवको अध्यक्षतामा पुनर्गठन भएको जसपा प्रचार–प्रसार तथा प्रकाशन केन्द्रीय विभागले जनाएको छ ।
त्यसैगरी १७ सदस्यीय प्रदेश कार्यकारिणी समिति चयन भएको छ । सो समितिको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी कार्यान्वयन गर्न सक्ने गरी समितिको नामावली टुंगो लगाइएको छ ।
त्यस्तै वृजमोहन तिवारीको अध्यक्षतामा १३ सदस्यीय प्रदेश सल्लाहकार समिति गठन भएको छ, महाराज यादवको अध्यक्षतामा ७ सदस्यीय अनुशासन आयोग र अमृत साफीको अध्यक्षतामा ६ सदस्यीय लेखा परीक्षण आयोग गठन भएको जसपा प्रचार–प्रसार तथा प्रकाशन केन्द्रीय विभागले जनाएको छ ।
मधेस प्रदेश समिति पुनर्गठन भएसंगै जसपाका सातै प्रदेश समिति पुनर्गठन भएका छन् ।
Facebook Comments Box