सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ माघ ।
वीरगंज महानगरपालिकाले वडा नं. २३ सबैठवामा स्वास्थ्य प्रयोगशाला निर्माण गर्न सुरु गरेको छ ।
सामान्य स्वास्थ्य जाँचका लागि पनि मुख्य बजार धाइरहनुपर्ने बाध्यता हटाउन र नागरिकलाई गाउघरमै सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्य प्रयोगशाला निर्माण कार्य सुरु गरेको हो ।
यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने गरि सुरु भएको प्रयोगशाला भवनको सोमबार एक कार्यक्रम विच शिलान्यास गरिएको छ ।
भवनको पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादब र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो ।
सो अवसरमा पूर्व मन्त्री समेत रहेका पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादबले महानगरको ग्रामीण क्षेत्रका नागरिकले अब घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बन्न लागेकोमा खुशी व्यक्त गर्नुभयो ।
त्यसै गरी मेयर सिंहले निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो ।
महानगरको ग्रामिण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न आफुहरु लागिरहेको भन्दै उहाले यसमा सबैको साथको आवश्यकता रहेको बताउनुभयो ।
मुल्य अभिवृद्धि करसमेत गरि रु. ६६ लाख ५१ हजार ५ सय ३७ मा निर्माण हुन लागेको प्रशोगशाला भवनको स्यारन बिजी कन्सट्रक्सन प्रा.लि.ले ठेक्का सकार गरेको छ ।
Facebook Comments Box