सहारा संवाददाता–––––––––––––––
वीरगंज, २८ माघ ।
समाजवादी प्रेस संगठन नेपाल पर्साको प्रथम बैठकले विभिन्न निर्णयहरु गरेको छ ।
आइतबार वीरगंजमा संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले मनोज पटेल नेतृत्वको निर्वतमान जिल्ला कार्यसमितिलाई धन्यावाद ज्ञापन गरेको छ ।
बैठकले फागुन ११ गते गर्ने वनवोज कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई प्रमाण पत्र र परिचय पत्र वितरण गर्ने पनि निर्णय गरेको संगठनका सचिव विनोद पटेलले जानकारी दिनु भयो ।
त्यसैगरी बैठकले संगठनका केन्द्रिय सचिव बृजलाल पासवानका काका नन्दलाल पासवानको माघ २२ गते ५८ बर्षको उमेरमा असामयिक निधन भएकोमा दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेकपा एकीकृत समाजवादीका केन्द्रिय सचिव नागेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पर्सा जिल्ला अध्यक्ष एवम् प्रचार विभाग प्रमुख बालगोपाल थापा, संगठनका केन्द्रिय महासचिव रामकुमार एलन, केन्द्रिय सचिवद्वय वृजलाल पासवान, नेपोलियन चेपा·, केन्द्रिय सदस्यद्वय रेविन्द्र कार्की, मनोज पटेल, सल्लाहकार संजय साह लगायत जिल्ला कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
Facebook Comments Box