सहारा दैनिक

spot_img
Homeसमाचारवडाध्यक्ष कार्की विरुद्ध भ्रष्टाचार मुद्दा

वडाध्यक्ष कार्की विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, २४ माघ (रासस)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जितपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले रु पाँच लाख घुससहित रंगेहात पक्राउ परेका वडाध्यक्ष कार्कीविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
वडाध्यक्ष कार्कीले घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले सेवाग्राहीबाट रु पाँच लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
आयोगले वडाध्यक्षकार्की विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवाना सजायसमेत हुन माग दाबी लिइ आरोपपत्र दायर गरेको आयोगले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -