सहारा दैनिक

spot_img
Homeसमाचारगोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्यु

गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्यु

अछाम, २४ माघ (रासस)
अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ ।
आज साँझ जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको संयुक्त गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले राससलाई जानकारी दिनुभयो । दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उहाँले बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -