सहारा दैनिक

spot_img
Homeसमाचारलत्ताकपडा तथा खुद्रा सामानहरू लोड ट्रक नियन्त्रण

लत्ताकपडा तथा खुद्रा सामानहरू लोड ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २२ माघ ।
बिल बिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको एक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं.१४ गण्डकचोकबाट लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले वीरगंजबाट विराटनगर तर्फ जांदै गरेको ना.३ ख ४७४९ नम्बरको मालवाहक ट्रकमा मालबस्तुहरु इल्क्ष्ल्भ् ीख्ऋत्क् विलमा उल्लेखित भन्दा बढी लोड रहेको आशंकामा नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रक भित्र लोड रहेको कपडा तथा खुद्रा समानहरूको (विल अनुसार) अ.मु.रू.३५ लाख ९२ हजार ५ सय ४० मुल्यांकन गरी आवश्यक कारवाहीको लागि सोमवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -