सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ माघ ।
पर्सा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं.२५ स्थित सडकखण्डबाट लागु औषध सहित एक जनालाई पक्राउ गरेको हो ।
संकाष्पदरूपमा पैदल हिडिंरहेका अवस्थामा वीमनपा वडा नं.२३ प्रसौनी बस्ने वर्ष १८ को राकेश दास तत्वालाई खानतलासी गर्दा निजले कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखिएको लागु औषध इलभचभह ३७ बोत्तल फेला परेको जिप्रकाले जनाएको छ ।
लागु औषध इलभचभह फेला परे पछि तत्वालाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box