सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० माघ ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले मुलुक आर्थिक दृष्टिकोणले अत्यन्तै जटिल मोडमा रहेको बताउनु भएको छ ।
वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा संगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष अग्रवालले यस्तो बताउनु भएको हो ।
उहाले हाम्रो आर्थिक वृद्धि दर २ देखी ३ प्रतिशतको हाराहरीमा सिमित रहेको बताउदै मुलुकको प्रमुख औद्योगिक कोरिडोरहरु वीरगंज, बिराटनगर, भैरहवामा अघोषित लोडसेडि·ले उद्योगहरु आफ्नो क्षमता २० देखी २५ प्रतिशतमा मात्र संचालन भई रहेको जानकारी दिनु भयो ।
छलफलमा नेपाल उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य डा.सुबोद कुमार गुप्ताले वीरगंज क्षेत्रले राष्ट्रिय राजश्वमा झन्डै ५० प्रतिशत योगदान दिईरहेको बताउदै यस क्षेत्रको आर्थिक महत्व र सामर्थलाई राज्यले प्राथमिक्तामा नलिएको गुनासो गर्नु भएको छ ।
वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतमले उद्यारो कानुन, भ्रष्टाचार नियन्त्रण, नियमित बिद्युत आपुर्ती लगायतका बिषयहरु हामी उद्योगी व्यवसायीहरुको प्रमुख चासो रहेकोले यस तर्फ महामन्त्री थापाको ध्यानाकर्षण गराउनु भयो ।
त्यसै गरी वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवराज पालले कर, भन्सार, राजश्वका अपारदर्शी निती नियमका कारण व्यापार सहजीकरणमा अवरोध उत्पन्न भइरहेको बताउदै अगामी आर्थिक बर्षको बजेटले उद्योग, व्यापार मैत्री कानुन ल्याउनु पर्ने कुरामा जोड दिनुभयो ।
नेपाल औषधी व्यवसायी संघका केन्द्रिय अध्यक्ष प्रकाश खण्डेलवालले देशको आर्थिक बिकाशका लागि अवलम्बन गर्नु पर्ने उदार आर्थिक ऐन, कानुन, निती, नियम हाल सम्म पनि निजी क्षेत्रको सुझाव र सल्लाह अनुसार नभएको बताउनु भयो ।
भेटघाटका क्रममा उद्योगी व्यवसायीको गुनासो सुने पछि महामन्त्री थापाले उद्योग, व्यापार, कृषि तथा सेवा क्षेत्रको उद्योगको बिकाशबाट मात्रै समग्र मुलुकको आर्थिक समुन्ती हुने भएकोले यस तर्फ नेपाली कांग्रेसले आफ्नो दलको भुमिका केन्द्रित गर्दै आइरहेको बताउनु भयो ।
महामन्त्री थापाले मुलुकमा व्याप्त निरासालाई चिर्न आफु मेची महाकाली यात्रामा रहेको र यस दौरान बिभिन्न ठाउमा भएका भेटघाट तथा छलफलमा प्राय जसो संघका अध्यक्षले उल्लेख गर्नु भएको बिषयहरुनै प्राथमिक्ताका साथ सुन्दै आइरहेको बताउनु भयो ।
उहाले आर्थिक गतिहिनता, बढ्दो भ्रष्टाचार, सर्वसाधारणले पाउने सेवा सुबिधामा ढिला सुस्तीलाई कसरी सहज बनाउने तर्फ पाटीले गम्भीर गृहकार्य गरिरहेको जानकारी दिनु भयो ।
उहाले अब आउने बजेटलाई कसरी उन्नत बनाउने त्यसका लागि निजीक्षेत्रहरुको सुझाव सल्लाह उत्यन्तै महत्व पुर्ण हुने भएकोले बिभिन्न क्षेत्रबाट आएका बिषयगत उद्योग, व्यापार, कृषि, पर्यटन, सवास्थ्य, शिक्षा लगायतका क्षेत्रमा बजेट बिनियोजनको प्रकृया हिजो अस्तीको परम्परागत बजेट निर्माणको प्रकृया भन्दा पृथ्क र सन्तुलित हुने बताउनु भयो ।
कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य अजय चौरसिया, मधेश प्रदेशका पूर्व उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका अनिल रुंगटा, कांग्रेस पर्सा सभापति जनार्धन सिंह क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।
Facebook Comments Box