सहारा दैनिक

spot_img
Homeदेशमधेशअंकुश दैनिकको रजत महोत्सवः भागबन्डाको राजनीतिले लोकतान्त्रिक व्यवस्था कमजोर–महामन्त्री थापा

अंकुश दैनिकको रजत महोत्सवः भागबन्डाको राजनीतिले लोकतान्त्रिक व्यवस्था कमजोर–महामन्त्री थापा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० माघ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतन्त्रको विकल्प अरु सुदृढ लोकतन्त्र नै भएको बताउनुभएको छ ।
वीरगंजबाट प्रकाशित हुने अंकुश दैनिकको रजत महोत्सवलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउदै अब मुलुकमा लोकतन्त्र सुधार अपरिहार्य भएको बतानु भयो ।
उहाँले अब राजनीतिक दलमा पनि उच्च तहका नेतामा सुधारको आवश्यकता रहेको बताउदै राजनीतिक दलका उच्च नेता, कर्मचारी, स्थानीय तहका प्रमुखसम्ममा सुधारको आवश्यकता छ भन्नु भयो ।
महामन्त्री थापाले सबैक्षेत्रमा सुधार गर्न सकिए मात्रै राष्ट्र विकास गर्न सकिन्छ, माथिलो तहबाट सुधारको प्रयास हुनुपर्ने र सबैले आ–आफ्नो ठाउँबाट सुधारको प्रयास गरे मात्रै मुलुकमा आमुल परिर्वतन ल्याउन सकिने धारणा व्यक्त गर्नु भयो ।
उहाँले बढदो मह·ी, बेरोजगारी, भ्रष्टाचार र भागबन्डाको राजनीतिले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाएकाले लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास बढाउन र आमनागरिकको जीवनमा सुधार ल्याउन शुद्धीकरण आवश्यक छ भन्नुभयो ।
उहाँले लोकतन्क्रको रक्षाका लागि आम सञ्चारमाध्यले सत्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिंदै राजनीतिक, प्रशासनिक लगायत हरेक क्षेत्रमा देखिएका समस्याबारे सञ्चारमाध्यमले तिखो प्रहार गर्नुपर्ने बताउनु भयो ।
समारोहमा जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादव, सांसद अजय चौरसिया, वरिष्ठ पक्रकार हरिहर विरही, कविर राणा लागयतले मन्तव्य व्यत्त गरेका थिए ।
अंकुश दैनिकका प्रधान सम्पादक दिपेन्द्र चौहानको अध्यक्षतामा आयोजित समारोहमा वरिष्ठ पत्रकार हरिहर विरही, ईश्वरचन्द गौतम, कविर राणालाई महामन्त्री थापाले दोसल्ला र कदर पत्रले सम्मानित गर्नुभयो ।
सो अवसरमा अंकुश दैनिकले पत्रिका सञ्चालनमा महत्वपूर्ण सहयोग गर्ने ओमप्रकाश खनाल, अनिल तिवारी, केसी लामिछाने, गोबिन्द देवकोटा, बिजय चौहान, शत्रुघन नेपाल, तुलसी भण्डारी, छठु साह, मुकुन्द आचार्य, शिव पटेल, सन्तोष रन्जितकार, अर्जुन गुप्ता, राजन रौनियार लगायत २५ जना सम्मानित गरेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -