सहारा दैनिक

spot_img
Homeदेशमधेशलागु औषध सहित एक भारतीय पक्राउ

लागु औषध सहित एक भारतीय पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ माघ ।
पर्सा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
बिशेष सुचनाको अधारमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको हो ।
संयुक्त प्रहरी टोलीले संकास्पदरूपमा हातमा झोला लिइ पैदल हिंडिरहेका भारत विहार जि.पुर्वी चम्पारण थाना रामगढवा ग्राम रामगढवाको धिरज कुमारलाई खानतलासी गर्दा निजले प्लाष्टिकको झोलामा पेपर र सेतो पानीटेपले बेरिएको लुकाई छिपाई राखिएको अवस्थामा लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
निजबाट नुरफिन ३०० एम्पुल, फेनारगन ३०० एम्पुल र डाइजेपाम ३०० एम्पुल फेला परे पछि नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान गरिरहेको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -