सहारा संवाददाता–––––––––––––––
वीरगंज, १६ माघ ।
अर्थतन्त्र सुधारका लागी राज्यको मेरुदण्डको रुपमा रहेको सशस्त्र प्रहरी बल बारा जिल्लाको सिमा क्षेत्रबाट हुन थालेको संस्थागत तस्करीले कलंकित बन्न पुगेको छ ।
बारा जिल्ला विश्रामपुर गाउपालिका अहिले नेपालकै ऐतिहासिक तस्करीको अखडाको रुपमा स्थापित हुन पुगेको प्रत्यक्ष रुपमै देखिन थालेको हो ।
बारा जिल्लाका सुरक्षा संयन्त्र सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संरक्षण प्राप्त गरेका तस्करहरले हातहतियार सहित तस्करी कार्यलाई निकर्षमा पुर्याउन आम नागरिक तथा संचारकर्मीहरुको लागी समाचार संकलन गर्न समेत घातक रुपमा प्रस्तुत भएको दृष्य समेत प्रत्यक्ष रुपमै देखिन सकिन्छ ।
सुरक्षा संयन्त्रका दुवै निकायका सिमा देखि जिल्ला प्रमुख सम्मलाई आर्थिक प्रभावमा पारेका तस्करहरुले बारा जिल्लाको भारतीय सिमा संग जोडिएको विश्रामपुर गाउपालिकाको मुसहर्वा गाउलाई केन्द्रविन्दु बनाएर हातहतियारले सु–सज्जित भएर तस्करहरुले काजु, किसमिस, छोहरा, कपडा र मोटर पार्टस लगायतका समाग्रीहरु धान बोकेको ट्याक्टर भित्र लोड गरेर भारतबाट सहजै रुपले नेपाली सिमामा प्रवेस गराइ गन्तव्य सम्म पुर्याउने गरेको स्थानीयहरु बताउछन ।
स्थानीय एक युवकले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा राष्ट्रिय सहारालाई बताए अनुसार बारा जिल्लाका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका स्थानीय इकाई प्रमुख र जिल्लाका घुमुवा मार्फत प्रस्ताव गरे अनुरुपको आर्थिक दाम चढाए पछि तस्करहरुले निर्विवाद रुपले नेपाल–भारत सिमा मै पर्ने मुसहर्वा टोलमा भारतबाट ल्याइएका काजु, किसमिस, छोहरा, कपडा र मोटर पार्टस लगायतका समाग्रीहरु भारतीय ट्याक्टरमा ल्याएर दुई मिटर कै दुरीमा रहेको नेपाली सिमामा पार्क गरी राखिने गरेको नेपाली नम्बरको ट्याक्टरमा स्थानीय मजदुर प्रयोग गरेर लोड गरी त्यसको माथि अवैध रुपमै ल्याइएको धान राखेर बारा जिल्ला कै प्रसौनी गाउपालिका स्थित प्रसौनी बजार छेउछाउमा रहेको खाद्यान्नका विभिन्न मिलको गोदाम सम्म पुर्याउने गरेका छन ।
त्यस पछि चामल, चिउरा, पराल र भुजा बोकोको ट्रक भित्र राखेर भन्सार छलीका उक्त समाग्रीहरु दैनिक रुपमै १० देखि १५ ट्रकमा लोड गरेर नारायणघाट, पोखरा र काठमाण्डौं सम्म तस्करहरुले पुर्याउने गरेको सशस्त्र प्रहरी बलका एक जवानलाई उद्दत गर्दै हाम्रा सहकर्मीले जनाएको छ ।
मुसहर्वा स्थित नेपाल–भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका जवानहरुकै उपस्थितिमा भारतबाट ल्याइएको समाग्रीहरु भारतीय ट्याक्टरबाट ओरालिएको (अनलोडिंग) गरेको र नेपाली सिमामा नेपाली नम्बरको ट्याक्टरमा लोड गरिएको मजदुर सहितको दृष्य कैद भएको तस्वीर राष्ट्रिय सहारासंग सुरक्षित रहेको छ ।
Facebook Comments Box