सहारा दैनिक

spot_img
Homeदेशमधेशपुर्व राजा शाहको भावुकपुर्ण सम्बोधनः दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे...

पुर्व राजा शाहको भावुकपुर्ण सम्बोधनः दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइयो

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ माघ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताउनु भएको छ ।
वीरगंज स्थित लालबंगला परिसरमा शनिवार आयोजित पुर्व राजा शाहको नागरिक अभिनन्दन समारोहलाई भावुकपुर्ण सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो ।
उहाले यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि भएको बताउदै आत्मीय अग्रजहरु गुमाएको अवस्थामा आफूले पुग नपुग ७ वर्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेको स्मरण गर्नु भयो भयो ।


उहाले अप्ठ्यारो परिस्थितिमा देशको थप बर्बादी नहोस् भन्ने मान्यता राखेर आफूले काम गरेको बताउदै दरबार हत्याकाण्डलाई विनाशकारी, कहाली लाग्दो र सम्झन पनि मन नपराउने अवस्था भन्दै उहाले राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारमाथि घातक प्रहार पनि गरेका थिए भन्नु भयो ।
पुर्व राजा शाहले दरबार हत्याकाण्डको प्रत्यक्षदर्शी हुंदाहुंदै अज्ञानता र छलका कारण अझ पनि मानिसहरु बहकिरहेको भन्दै यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो भन्नु भयो ।


सम्बोधनका क्रममा उहाले २९ जेठ २०६५ मा नारायणहिटी दरबार छाडेको क्षण पनि सम्झिदै त्यसबेला आफूले आमसञ्चार माध्यममार्फत नेपालमै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु भनेको उल्लेख गर्नु भयो ।
त्यसबेला नै राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहंदा देशमा विषम परिस्थिति बन्छ र त्यसको वेथितीबाट आम जनतामा आक्रोश पैदा हुन्छ भन्ने आंकलन गरेको भन्दै उहाले आज त्यो असन्तोष, चासो, चिन्ता छलाछुल्ल छ भन्नु भयो ।


राजपाठ त्याग गर्दैगर्दा आफूले व्यक्त गरेको राष्ट्रप्रेम, राष्ट्रियता, प्रजातान्त्रिक प्रतिवद्धता सम्झिरहेको भन्दै उहाले त्यसै आशय अनुरुप मैले चीरकाल र यन्त्र सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिए भन्नु भयो ।
पुर्व राजा शाहले अहिले पनि आफूहरु देशमै रहेको र गौरब गाथा गाइरहेको बताउनु भयो ।


उहाले आफ्नो मौलिकता र अस्तित्व गुमाएर, अनि सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुंदैन भन्ने आफ्नो अडान रहेको भन्दै राज्य व्यवस्था, राजनीति, अर्थ व्यवस्था र सामाजिक दुरबस्थाको राम्रो मूल्यांकन गरेर सबैको सुधार, विकास र निकासको बाटोमा लाग्नुपर्नेमा जोड पनि दिनु भयो ।
देश बनाउन र देश बचाउन आफूहरुलाई निरन्तर आहृवान भइरहेको भन्दै उहाले पूर्खाको पौरख नभुल्न र आफ्नो जन्मभूमिका लागि मरिमेट्न सबैलाई आग्रह पनि गर्नु भयो ।


उहाले दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल पहाड तराई सबै उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यको अवस्थातिर खस्किएको छ, विकास, उत्थान र समस्याको निवारण आफैंले गर्नुपर्ने भन्दै पूर्वराजा शाहले यो अवस्थाको अन्त्य गर्नै परेको छ भन्नु भयो ।
यसका निम्ति अब सोच्ने बेला आयो भन्दै भूगोल, जातजातिमा खण्डित, विभेद, विखन्डन र निषेधको राजनीति नगर्न आग्रह पनि गर्नु भएको छ ।
तराई मधेशको वर्तमान अवस्था प्रति गहिरो चिन्ता व्यक्त गर्दै पुर्व राजा शाहले गर्नु भएको सम्बोधनको पुर्ण पाठ अन्तिम पृष्ठमा प्रस्तुत गरिएको छ ।


नेपाली कांग्रेसका वरिष्ठ नेता एवं बरिष्ठ अधिवक्ता देवेन्द्र लाल नेपालीको नेतृत्वमा गठित स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा पुर्व राजा शाहलाई नागरिक स्तरबाट विभिन्न संघसंगठन लगायतले अभिनन्दन गर्दै २०६३ सालमा जनतालाई सोम्पिएको नासो ग्रहण गर्न आग्रह गरिएको छ ।
हजारौं मानव सागरको विच पुर्व राजा शाहलाई विभिन्न संघ संगठन तथा जातीय समाजले अभिनन्दन गरेको छ ।
कार्यक्रममा मूल समारोह समितिका अध्यक्ष नेपालीको स्वागत मन्तव्य व्यक्त गर्दै परमपरागत र आधुनिक शक्ति मिलेर अघि बढ्नु पर्नेमा जोड दिंदै निशेधको राजनिति त्याग्न दलहरुलाई आग्रह गर्दै राजा, राजनितिक दल र जनता सबैको स्वामित्व समेटिएको संविधान २०४७ व्यूताउनु पर्नेमा जोड दिनु भयो ।
उहाले मुलुकलाई वर्तमान जर्जर अवस्थाबाट निकास र समृद्धिका लागी मेलमिलापको निति सहित अघि बढ्न अहृवान समेत गर्नु भयो ।
मूल समारोह समितिका महासचिव हिरा बहादुर चन्दले नागरिक अभिनन्दन पत्र वाचन गर्नु भएको कार्यक्रममा धन्यवाद ज्ञापन मूल समारोह समितिका उपाध्यक्ष पशुपति विक्रम शाहले गर्नु भएको थियो । तस्वीरहरुः–बिकाश रौनियार

पुर्व राजा शाहको सम्बोधनको पुर्ण पाठ

उपस्थित महिला तथा सज्जनवृन्द,
तपाईहरूका बीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुशी लागेको छ । हाम्रा तराई फाँटका जनभावना बुझने र यहाँहरूसंग साक्षात्कार हुने यस्तो मौका मिलेकोमा म आयोजक, प्रबन्धक तथा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
हाम्रो अन्नको भण्डार भनिने तराई मधेशको यो समथर उब्जाउ फाँट हामी नेपालीका लागि यो भूमिको अर्कै ठूलो मूल्य र महत्व छ । गौरबशाली इतिहास बोकेको, उद्यम इलम उत्पादन व्यवसाय, बजार र आर्थिक उत्थानको आधार हाम्रो तराई मधेशको छुट्टै पहिचान पौरख र प्रतिष्ठा छ ।
हामी देखिरहेका छौ, भोगिरहेछौ दुई तीन दशक यता आएर हाम्रो तराई क्षेत्र, हाम्रो यो उर्वर मधेश भूभाग आज उजाड बन्दै गइरहेको छ– यहाँको पोखरी, पानीको श्रोत ट्यूबेल कुवा धारा तथा जल सतह कमजोर बन्दै सुक्खा खडेरी र मरूभूमीकरण तिर गइरहेको छ । यो गम्भिर चिन्ताको कुरा हो । मधेशका होनहार उद्यमी युवा जनशक्ति दिनौ विदेश तिर दगुरिरहेका छन । उचित रोजगारी, सीप इलम र अवसर दिन नसक्दा गरीवी बाध्यताका कारण हाम्रो जमीन, हाम्रो ओत
साधन सबै– सुक्दै हाम्रो जनशक्ति पातलिदै गएको छ । यो दुःखको कुरा हो ।
देश बनाउनु देश बचाउनु निरन्तर आवाज छ– हामी माथि आहृवान पनि छ । म भन्छु हामी हाम्रा पुर्खाको पौरख नभुलौ, हामी, यही बसौं, यही आफ्नो जन्मभूमीका लागि मरिमेटौ । हाम्रो विकास हाम्रो उत्थान र हाम्रो समस्याको निवारण हामी आफैबाट हुने हो । अरूले आएर गरिदिने हैन ।
तर दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल पहाड तराई सबै उजाड बन्दै – खोक्रो भएर चरम दुर्भाग्यको अवस्था तिर खस्केको छ । यो अवस्थाको अन्त गर्ने परेको छ । यसका निम्ति अब सोच्ने बेला आयो । देशलाई झन झन बरबादी तिर नलैजाउँ । त्यसका लागि अब सबैले सोचौ–समिक्षा गरौं । नेपालको यस्तो राम्रो प्रकृति, हाम्रा यतिका प्राकृतिक श्रोत साधन हाम्रो आफ्नो क्षमता यी सबै कुरा– हाम्रो आफ्नो आर्थिक उन्नतिमा लगाउँ
आफ्नो घर उजाड पारेर अरूको उन्नतिमा आफ्नो श्रम पसिना लगाउने अब बेला गयो । आफ्नो क्षमता, आफ्नै घरद्वार, आफ्नै गाउँबस्ती र आफ्नै बनाउने तिर अब हामी लाग्नै पर्छ । यसैमा हाम्रो देशको उन्नति प्रगति इज्जत प्रतिष्ठा निर्भर हुन्छ । हामी भूगोल र भू बनोटमा बाँडिने हैन, हामी जातजाति धर्म संस्कृतिमा खण्डित हुने हैन, हामी सबैको देश नेपाल, नेपालमा बस्ने हामी सबै नेपाली । त्यसैले विभेदको, विखण्डनको, बिग्रहको र निषेधको राजनीति हामी नगरौं । हामी सबैको भलाई यसैमा छ ।
आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पिडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात बर्ष राष्ट्रप्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरे । तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप वर्वादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ । जेठ,१८,२०५८ मा घटेको विनासकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधै सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञान्ता र छलले अझ पनि हामी बहकीरहेका छौ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।
आफ्नो पुख्यौली राजदरवारबाट परित्याग गर्दा २०६५ जेष्ठ २८ गते आमसञ्चार माध्यम मार्फत मैले भनेको थिएँ, म नेपाल मै बसि मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु अनि त्यत्तिबेलै मैले भनेको थिएँ “ स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ “ ।
हाम्रो राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जान्छ र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोस उत्पन्न हुन्छ भन्ने त्यत्तिखेरको आँकलन हो । बितेका १५ बर्ष पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोस सर्वत्र छताछुल्ल छ । आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनुपर्दा मैले ब्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा कृयाशील हुने भावनालाई मैले आज पनि सान्दर्भिक रूपमा सम्झिरहेको छु । त्यसै आसय अनुरूप मैले “ चिरकाल प्रर्यन्त्र सुरक्षित रहोस् भनेर आफ्नो श्री पेच राष्ट्रलाई सुम्पिएको थिए “ ।
हामी देश मै छौ, आज पनि देश मै रहेर हामीले देशको गौरबगाथा गाइरहेका छौ । अहिले पनि देशको सर्वागिण उन्नति होस्, भेदभाव रहित ढंगले सबै देशवासीको विकास हुँदै जावोस् भन्ने नै हाम्रो भावना छ । आफ्नो मौलिकता, आफ्नो अस्तित्व, आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर अनि देशमा सनातन देखि रहि आएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन, यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ । त्यसैले हाम्रो राज्य व्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ न्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्यांकन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा हामी अब लाग्नुपर्छ । यसैमा हाम्रो कल्याण छ । सबैमा फेरि एकपटक हाम्रो धन्यवाद
जय नेपाल
वीरगंज
२०८० माघ १३ गते

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -