सहारा दैनिक

spot_img
Homeदेशमधेशसमाजवादी प्रेस संगठन पर्साको अध्यक्षमा सुमन चयन

समाजवादी प्रेस संगठन पर्साको अध्यक्षमा सुमन चयन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ माघ ।
समाजवादी प्रेस संगठन नेपाल पर्साको विशेष जिल्ला सम्मेलनले सम्भुसुमनको नेतृत्वमा नयाकार्यसमिति चयन गरेको छ ।
वीरगंज स्थित होटल बृन्दावनमा शुक्रवार सम्पन्न जिल्ला सम्मेलनले शम्भु कुमार सुमनको अध्यक्षतामा १७ सदस्यीय नयाँकार्य समिति सर्व सहमतिबाट चयन गरेको हो ।
जसको उपाध्यक्षमा हरिशंकर शर्मा, महिला उपाध्यक्षमा रमा थामी, सचिव विनोद पटेल, सह सचिवमा श्याम सर्राफ र कोषाध्यक्षमा संतोष साह चयन भएका छन ।
त्यसै गरी संगठनको सदस्यमा क्रमशः श्याम पासवान, दिपु बर्णवाल, प्रदिप साह, धर्मेन्द्र प्रसाद यादव, जितेन्द्र यादव, राजु साह, रन्जिता कलवार, सरोज पटेल, अमोद शर्मा, श्रवण साह, राधेश्याम पटेल चयन भएका हुन ।
सम्मेलनले संगठन पर्साको सल्लाहकार चन्द्रभुषण साह (संजय साह) लाई चयन गरेको छ ।
संगठनका केन्द्रिय सदस्य एवम् निर्वतमान पर्सा अध्यक्ष मनोज पटेलको अध्यक्षता र संगठनका केन्द्रिय अध्यक्ष बिश्वमणी सुबेदीको प्रमुख आतिथ्यतामा आयोजित जिल्ला सम्मेलनमा नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, संगठनका केन्द्रिय महासचिव रामकुमार एलन, उप महासचिवद्वय लेखनाथ सिकारु, प्रतिज्ञा बुढामगर, सचिवद्वय बृजलाल पासवान, नेपोलियन चेपाङ, केन्द्रिय सचिवालय सदस्य रेविन्द्र कार्की लगायतको उपस्थिती रहेको थियो ।
सम्मेलन सम्पन्न लगतै नवनिर्वाचित कार्यसमितिलाई संगठनका केन्द्रिय अध्यक्ष सुवेदीले सपथ ग्रहण गराउनु भएको छ । नव निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउदै अध्यक्ष सुवेदीले यस जिल्लाका समाजवादी प्रेस संगठन भााडभैलो मचाउन केही कुतत्वहरु लागेको हुनाले त्यस्ताको पछि नलाग्न समाजवादीका पत्रकारहरुलाई अग्रह गर्नु भयो ।
उहाले समाजवादी प्रेस संगठन नेपाललाई श्रमजिवि पत्रकारहरुको अग्रणी संस्थाको रुपमा स्थापित गर्न सबैलाई क्रियाशिल भएर लाग्न निर्देशन पनि दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -