सहारा दैनिक

spot_img
Homeदेशमधेशरामलालाको प्राण प्रतिष्ठाको अवसरमा भग्वामय बन्यो वीरगंज

रामलालाको प्राण प्रतिष्ठाको अवसरमा भग्वामय बन्यो वीरगंज

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ माघ ।
भारतको उत्तर प्रदेश स्थित अयोध्यामा राम मन्दिरमा रामलालाको प्राण प्रतिष्ठा कै दिन सोमवार वीरगंज घडिअर्वा स्थित रामजानकी मन्दिरमा श्री रामको प्राण प्रतिष्ठा भएको छ ।
वीरगंज घडिअर्वा स्थित दसकौ पुरानो रामजानकी मन्दिरमा सोमवार भव्यताका साथ विधिपुर्वक श्री राम भगवानको प्रतिमाको प्राण प्रतिष्ठा गरिएको हो ।


अतिक्रमणमा परेको रामजानकी मन्दिर खाली गराएर वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पुनः मन्दिरको स्वरुप तयार गरी सोमवार श्री राम भगवानको प्रतिमाको प्राण प्रतिष्ठा गरिएको हो ।


भारत संगै श्री रामको प्राण प्रतिष्ठाको अवसरमा सोमवार नेपालका विभिन्न स्थानमा पनि धुमधामका साथ दिपावली समेत मनाइएको छ ।
अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर मधेस प्रदेशको राजधानी भगवान् श्री रामको ससुराली जनकपुरधामसहित मधेसका अधिकांश मठमन्दिर रङरोगन गरिएको छ भने जताततै राम र हनुमान अंकित झन्डा झुन्ड्याइएका छन् ।


वीरगंज स्थित सम्पुर्ण मठमन्दिरहरु दुलही झै सजाइएको छ भने सहर भरी गल्ली गल्लीमा राम र हनुमान अंकित झन्डा झुन्ड्याइएका छन् । सोमवार १२ बजेर ४० मिनेट जांदा श्री रामको प्रतिमाको प्राण प्रतिष्ठा भए पछि ठाउ–ठाउमा प्रसाद वितरण समेत गरिएको छ ।
वीरगंज स्थित गहवामाई मन्दिर र वीरगंज महानगरपालिका वडा नं. १६ स्थित गणेश टोल बाइपास सडक छेउमा अवस्थित माँ बैष्णो देवी मन्दिर परिसरमा विषेश दिपावली समेत मनाइएको छ ।


सोमवार वीरगंज महानगर भग्वामय बनेको दृष्य जताततै देखिएको थियो । तस्वीरहरुः– विकाश रौनियार/कपिल डंगोल

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -