सहारा दैनिक

spot_img
Homeदेशराजा ज्ञानेन्द्रसंग उद्योगी व्यवसायीहरुको भेटघाट

राजा ज्ञानेन्द्रसंग उद्योगी व्यवसायीहरुको भेटघाट

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ माघ ।
पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहसंग वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलले भेटघाट गरेका छन् ।
मध्य तराईको विभिन्न जिल्लाको धार्मिक भ्रमण एवं सर्वसाधरणसंग साक्षात्कार संगै वीरगंजमा माघ १३ गते हुने नागरिक अभिनन्दनका लागि बारा जिल्ला सिमरा मुकाम बनाएर बस्नु भएका पुर्व राजा शाहलाई सोमबार बिहान वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालको नेतृत्वमा उद्योगी व्यवसायीहरूको प्रतिनिधिमण्डलले भेटघाट गरेको बुझिन आएको हो ।
पुर्व राजा शाहसंगको भेटमा राजनीतिक अस्थिरताका कारण उद्योगी व्यवसायीहरूले भोग्नु परेको पीडा, समस्या तथा देशको खस्किंदो आर्थिक अवस्था र असुरक्षा लगायतका समस्या बारे उद्योगी व्यवसायीहरुले जानकारी गराएका छन ।


देशका उत्पादन, पर्यटन, कृषि लगायत विभिन्न क्षेत्रका समस्याहरु बारे उद्योगी व्यवसायीहरूले जाहेर गरेको समस्या एवं गुनासालाई राजा शाहले चासो पूर्वक सुनेका हाम्रा समाचार श्रोतले जनाएको छ ।
सिमरा स्थित होटल इक्षामा पुर्व राजा संगको भेटघाटमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उद्योग वाणिज्य महासंघका मधेश प्रदेश अध्यक्ष अशोक टेमानी, “श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समिति” वीरगंजका कोषाध्यक्ष समेत रहेका वरिष्ठ उद्योगी एवं समाजसेवी राजकुमार सिन्धि, उद्योगी एवं समाजसेवी निरञ्जन अग्रवाल, रजत सचदेवा, निर्मल कुमार खत्रि लगायतका दर्जनौं उद्योगी व्यवसायीहरूको सहभागीता रहेको श्रोतले जनाएको छ ।
यही माघ १३ गते वीरगंज स्थित लाल बंगलाको प्रांगनमा पुर्व राजा शाहको नागरिक अभिनन्दन गर्ने तयारी तिव्ररुपमा भइरहेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -