सहारा दैनिक

spot_img
Homeदेशमधेशसमाजवादी प्रेस संगठनको सम्मेलन आयोजक समिति गठन

समाजवादी प्रेस संगठनको सम्मेलन आयोजक समिति गठन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ माघ ।
समाजवादी प्रेस संगठन नेपाल पर्साको कार्यसमिती बैठकले माघ १२ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।
संगठन पर्साका अध्यक्ष मनोज पटेलको सभापतित्वमा बसेको बैठकले यहि माघ १२ गते जिल्ला सम्मेलन गर्ने सर्वसहमतीबाट निर्णय गरेको हो ।
बैठकले जिल्ला सम्मेलन तयारीको लागि संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनको संयोजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक समिती समेत गठन गरेको जनाएको छ ।
सम्मेलन आयोजक समितिको सदस्यमा प्रकृति अधिकारी, विनोद पटेल, हरिशंकर शर्मा, संतोष साह, श्याम सर्राफ, श्याम पासवान, राजु साह, सरोज पटेल, श्रवण साह लगायतका रहेका छ्न ।
यसका साथै जिल्ला सम्मेलन अगावै संगठन पर्साका सदस्यहरुको सदस्यता नविकरण र नयाँ सदस्यता वितरण ३ दिन भित्र गर्ने निर्णय गरेको छ र त्यसको सम्पुर्ण जिम्मेवारी सम्मेलन आयोजक समितिका संयोजक सुमनलाई दिने निर्णय गरेको संगठनका अध्यक्ष मनोज पटेलले जानकारी दिनु भयो ।
त्यसैगरी बैठकले माघ १२ गते नै वीरगंजमा बस्ने संगठनका केन्द्रिय पदाधिकारी बैठक संगठनका केन्द्रिय महासचिव राम कुमार ऐलन, केन्द्रिय सचिव वृजलाल पासवान, केन्द्रिय सदस्य रेबिन्द्र कार्की र सल्लाहकार संजय साहको समन्वयमा बैठक ब्यवस्थापन र स्वागत गर्ने निर्णय पनि गरेको जनाइएको छ ।
वीरगंज स्थित नेपाल पोस्ट डेलिको कार्यालयमा बसेको बैठकमा नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपाल केन्द्रिय सचिव वृजलाल पासवान, सल्लाहकार संजय साह लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -