सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०५ माघ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशलाई ४/५ टुक्रा पारेको भन्दै आक्रोश व्यत्त गरेका छन् ।
मधेश प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालय अन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले वीरगंजमा बलिदानी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेश आन्दोलन केवल ८ जिल्लालाई मधेश प्रदेश बनाउन नभएको भन्दै आक्रोस पोखेका हुन ।
उनले आन्दोलनको लक्ष्य समग्र मधेश एक स्वायत प्रदेश थियो तर जब फुनरसंचना आयोग बन्यो, टुक्राटुत्रा बनाइयो । पश्चिमका थारुले प्रदेश मागेपछि दुई प्रदेश स्वीकार गरेको भएपनि राज्यले षडयन्त्रपूर्वक ४/५ टुक्रा बनाएको आरोप लगाऊदै आक्रोस व्यत्त गरेका हुन ।
आठ जिल्लालाई मधेश प्रदेश बनाएको भन्दै उनले भने हाम्रो लक्ष्य मेची देखि नारायणी, नारायणी देखि महाकाली सम्मका मधेशीलाई मुक्ति दिलाउनु हो । त्यो त्यागेका छैनौं, त्याग्ने पनि छैनौं भने ।
कार्यक्रममा मधेस प्रदेश सरकारको तर्फबाट मधेस आन्दोलनका सहिद परिवारलाई जनही रु. ३ लाखको दरले अध्यक्ष यादवले चेक हस्तान्तरण गरे ।
बलिदानी दिवसको अवसरमा मधेस आन्दोलनका ६३ जना सहिद परिवारलाई जनही रु. ३ लाख प्रदान गरिएको हो ।
सो अवसरमा मधेस सरकारले मधेस आन्दोलनका घाइते १३० जनालाई शारिरिक अवस्था हेरेर रु. १ देखि रु. २ लाख सम्म पनि प्रदान गरेको छ ।
कार्यक्रममा सहभागी मधेस आन्दोलनका केहि घाइतेहरुले असन्तुष्टि पोख्दै मधेश सरकारको विरुद्ध नारबाजी पनि गरेका छन ।
मधेसी सहिद प्रतिष्ठानले तयार पारेको घाइतेको सूचीमा आफुहरुको नाम छुटाएको भन्दै उनीहरुले मञ्चमै विरोध जनाएका हुन ।
कार्यक्रममा दोश्रो मधेस आन्दोलनमा खुट्टामा गोली लागेर घाइते भएका पर्सा जिल्ला कालीकामाई गााउपालिका वडा नं. १ मुडलीका दिनेश साह कानुले मधेस सरकारले आाफु लगायत दर्जनौ घाइतेलाई विभेद गरेको आरोप लगाए ।
कानुले मधेसको अधिकारका लागि हामीले गोली खायौं, रगत बगायौं ,तर राहत र सहयोग दिने बेला अहिले मधेसी दल र मधेस सरकारले विभेद गरेको भन्दै आक्रोस पोखे ।
घाइतेको सुचिमा छुट भएकाहरुको आक्रोस सुने पछि सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार राय यादवले सूचीमा छुटेकाहरुको माग सम्बोधन गर्ने आश्वासन दिंदै घाइतेको प्रमाणपत्र बनाउनका लागि सिडिओ कार्यालयको सिफरिस आवश्यक पर्दैन घाइते हुंदाका बखत जुन अस्पतालमा उपचार गराएको हो उक्त अस्पतालको पूर्जी पेश गरे सहिद प्रतितष्ठानले घाइतेको प्रमाणपत्र बनाईदिने र त्यसकै आधारमा सेवा सुविधा मधेस सरकारले उपलब्ध गराउने आश्वासन दिएका छन ।
मधेश प्रदेशका गृह सञ्चार तथा कानून मन्क्री महम्मद समिमको अध्यक्षतामा आयोजित कार्यत्रममा संघीय सरकारका पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादव, प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दि, अर्थमन्त्री सञ्जय यादव, खेलकुदमन्त्री सुनिता साह, उद्योग तथा पर्यटनमन्त्री सुनिता यादव, उर्जा सिंचाई तथा खानेपानीमन्त्री सिंहासन साह कलवार, वीरगंज महानगरका मेयर राजेशमान सिंह, प्रदेशसभा सदस्यहरु जर्नादन सिंह क्षेत्री, श्याम पटेल, प्रमोद जयसवाल लगायतले सम्बोधन गरेका थिए ।
Facebook Comments Box