सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ माघ ।
पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहलाई रौतहट जिल्ला स्थित शिवनगरमा सम्मान सहित स्वागत गरिएको छ ।
शिवनगर स्थित शिव मन्दिरमा पुजा अर्चना गर्न छोरी अधिराजकुमारी सितास्मा शाह सहित पुग्नु भएको पुर्व राजा शाहलाई आम जनताले सम्मान सहित स्वागत गरेका हुन ।
स्वागत तथा नागरिक अभिनन्दन मुल समारोह समिति वीरगंजका पदाधिकारी सहित आम जनताले उहालाई स्वागत गरेको हो ।
शिव मन्दिर परिसर भित्र र बाहिर पुर्व राजा शाहको स्वागतमा ५० औं हजार सर्वसाधारण सहभागी भएको मुल समारोह समितिका महासचिव हिरा बहादुर चन्दले जानकारी दिनु भयो ।
स्थानीय स्तरमा समेत राम बाबु साह तेलीको अध्यक्षतामा स्वागत समिति गठन गरिएको थियो ।
पुर्व राजा शाहको स्वागतका लागी ठाउ ठाउमा स्वागत द्वार बनाइएको थियो ।
स्वागत द्वारमा लेखिएको “संविधान २०४७ बाट स्थापित र २०७२ को संविधानबाट विस्थापित श्री ५ महाराजधिराज ज्ञानेन्द्र विर विक्रम शाहदेव सरकार” सब्ध किन लेखिएको भनेर प्रहरीले अवरोध गर्दै व्यानर हटाउन खोज्दा सर्वसाधारणले विरोध गरेका थिए ।
सर्वसाधारण प्रतिकारमा उत्रिए पछि प्रहरी पछि हटेको स्थानीय रामप्रवेश महतोले जानकारी दिनु भयो ।
महतोले जनताको आस्था राजा प्रति विगत झै अझ् पनि कायम रहेको र वर्तमान मुलुकको जर्जर अवस्थाबाट उनमुक्ति राजाबाट नै हुने जनताको अपेक्षा रहेकोले अब राज संस्था पुनरस्थापनाको विकल्प नभएको बताउनु भयो ।
पुर्व राजा शाहको स्वागतमा ओर्लिएको मानव सागरबाट अत्तालिएर गणतान्त्रीक सरकारले जनभावना विपरितको कदम चाल्न खोज्दा जनताले प्रतिकार गरेको स्वागत तथा नागरिक अभिनन्दन मुल समारोह समितिका प्रचार प्रसार संयोजक मानव सेवकले बताउनु भयो ।
पुर्व राजाको स्वागतका लागी उपस्थित भएका सर्वसाधारणले राजा आउ देश बचाउ जस्ता नारा लगाउदै विभिन्न संघ संस्था तथा समाजिक अभियन्ताहरुले आ–आफ्नो व्यानरमा राजसंस्था पुनरस्थापना महाअभियानमा अघि बढौ जस्ता नारा अंकित गरेर नारा वाजी गरिरहेको दृष्य पनि देखिएको छ ।
स्वागत समारोहमा समितिका कोषाध्यक्ष राजकुमार सिंधि, दिनानाथ यादव, उपेन्द्र यादव लगायतको समेत सहभागिता रहेको थियो ।