सहारा दैनिक

spot_img
Homeदेशमधेशपुर्व राजा शाहको स्वागतको तयारीमा जुट्यो शिवनगरवासी

पुर्व राजा शाहको स्वागतको तयारीमा जुट्यो शिवनगरवासी

सहारा संवाददाता–––––––––––––––
गौर, २९ पुस ।
रौतहट जिल्ला स्थित शिवनगरमा पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहको स्वागतको भव्य तयारी गरिएको छ ।
माघ २ गते मंगलवार रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं. ५ शिवनगर स्थित शिवमन्दिरमा पुर्व राजा शाहको पुजा अर्चना गर्ने कार्यक्रम रहेकोले सो अवसरमा स्थानीयले उहाको स्वागतको भव्य तयारीमा जुटेका छन ।
स्थानीय समाजसेवी रामबाबु साह तेलीको अध्यक्षतामा स्वागत मुल समारोह समिति नै गठन गरेर पुर्व राजा शाहको स्वागतको तयारीमा स्थानीयहरु जुटेको अर्का समाजसेवी रामप्रवेश साहले बताउनु भयो ।


पुर्व राजा शाहको स्वागतको तयारीका लागी आइतवार शिवनगरमा स्थानीय समाजसेवी अगुवाहरुले छलफल गरेर सामुहिक रुपमा आम नागरिक, समाजका अगुवा, बुद्धिजिवि वर्ग, पत्रकार, राजनितिक दल लगायतमा स्वागतमा सहभागिताका लागी अपिल गर्ने निर्णय समेत गरेको साहले बताउनु भयो ।
पुर्व राजा आउने कार्यक्रम रहेकोले स्थानीयहरु अहिले सामुहिक रुपमै स्वफुर्त मन्दिर परिसर सरसफाइ तथा स्वागत द्वार निर्माणमा जुटेको स्वागत मुल समारोह समितिका अध्यक्ष तेलीले बताउनु भयो ।
उहाले स्वागतमा लाखौं सर्वसाधारणको सहभागिता रहने अनुमान रहेको बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -