सहारा दैनिक

spot_img
Homeदेशताइवान चीनकै अभिन्न अंग हो–प्रधानमन्त्री

ताइवान चीनकै अभिन्न अंग हो–प्रधानमन्त्री

काठमाडौँ, २९ पुस (रासस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ॅप्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताउनुभएको छ ।
चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशबीचको सम्बन्ध झा·िँदै गएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “हामीले असल मित्रका रुपमा एकअर्काको संवेदनशीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ ।”
नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “यस सम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट छ । आन्तरिक तथा बाहृय मामिलामा आएको बदलावबाट हाम्रो प्रतिबद्धता कुनै हालतमा प्रभावित हुँदैन ।” संस्कृति र परम्पराले हामी एकापसमा बाँधिएका छौँ भन्दै प्रधानमन्त्रीले संस्कृति र परम्पराले नै दुई देशबीचको जनस्तरको सम्बन्धलाई सुदृढ तुल्याउने बताउनुभयो ।
आफ्नो चीन भ्रमणका बेला जारी झएको संयुक्त वत्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “ताइवान चीनकै अभिन्न अ· हो । ॅताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण छ । मेरो चीन झ्रमणका क्रममा जारी संयुत्त वक्तव्यमा यसलाई प्रस्ट पारिएको छ ।”
चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै प्रधानमन्त्रीले दुई देशको सभ्यता नदी र हिमशृंखलाले मात्र जोडिएका छैनन्, यसमा हाम्रा साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेका छन् भन्नुभयो ।
आफूले हालै गरेको चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको भेटवार्ताका क्रममा हाम्राबीचमा नेपाल–चीन सम्बन्धका विविध आयाममा छलफल भएको उहाँले स्मरण गर्नुभयो ।
नेपालका लागि चीनका राजदूत छन् सङले चीन र नेपाल रणनीतिक साझेदार भएका बताउँदै ॅबेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत विकासमा साझेदारी गर्न चीन प्रतिबद्ध छ भन्नुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -