सहारा दैनिक

spot_img
Homeदेशमधेशपूर्व राजा शाहद्वारा मुक्तेस्वर महादेव मन्दिरमा पुजा अर्चना

पूर्व राजा शाहद्वारा मुक्तेस्वर महादेव मन्दिरमा पुजा अर्चना

सहारा संवाददाता–––––––––––––––
मलंगवा, २८ पुस ।
पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहलाई सर्लाही जिल्ला बरहथवा स्थित प्राचिन मुक्तेस्वर मन्दिर परिसरमा स्थानीयहरूले भव्य स्वागत गरेका छन ।
धार्मिक भ्रमण अन्तर्गत बरहथवा नगरपालिका मुर्तिया स्थित मुक्तेस्वर महादेवको मन्दिरमा पुजा अर्चना गर्न पुग्नु भएका पूर्वराजा शाहलाई स्थानीयहरूले भव्य स्वागत गरेका हुन ।
मुक्तेश्वर महादेव मन्दिरमा शनिवार दिउसो पूजा अर्चना गर्न आउनु भएका पूर्व राजा शाहलाई स्थानीय समाजसेवी दिपक अमात्यको अगुवाइमा ५० हजार भन्दा बढिको संख्यामा रहेका सर्वसाधारणले स्वागत गरेका हुन ।


सो क्रममा “राजा आउ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, जनताको नासो श्री ५ सरकारले ग्रहण गरिवक्स्योस” लगायतका नारा लगाउदै पूर्व राजा शाह माथि पुष्प वर्षा गर्नुका साथै फूल माला दिएर स्वागत गरेका छन ।
मधेश प्रदेशका विभिन्न जिल्लामा नागरिक अभिनन्दन एवं धार्मिक भ्रमणकालागि पौष २३ गते सिमरा पुगेपछि पुर्व राजा शाह शनिवार सर्लाहीको बरहथवास्थित मुक्तेश्वर महादेवको मन्दिरमा पूजा अर्चना गर्नु भएको हो ।

पूर्वराजा शाहको माघ २ गते मंगलबारका दिन रौतहट जिल्ला शिवनगरस्थित शिव मन्दिरमा र ४ गते विहिबारका दिन बारा जिल्ला स्थित गढीमाई मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ भने माघ १३ गते वीरगंज स्थित लालबंगला परिसरमा उहाले नागरिक अझिनन्दन गरिने कार्यक्रम रहेको “श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर वित्रम शहदेव सरकारको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका महासचिव हिरा बहादुर चन्दले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -