सहारा दैनिक

spot_img
Homeदेशमधेशपृथ्वी नारायण शाहको जिवनी बारे चर्चा

पृथ्वी नारायण शाहको जिवनी बारे चर्चा

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ पुस ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्र निर्माता श्री ५ बडा महराजाधिराज पृथ्वी नारायण शाहको जिवनी बारे चर्चा गरिएको छ ।
वीरगंजमा माघ १३ गते हुने पुर्व राजा ज्ञानेन्द्र विरविक्रम शाहको अभिनन्दन कार्यक्रमका लागी गठित मुल समारोह समितिले पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको नागरिकसभा कार्यक्रममा उनको जिवनी बारे चर्चा गरिएको हो ।
स्वागत तथा नागरिक अभिनन्दन मुल समारोह समितिका अध्यक्ष देवेन्द्रलाल नेपालीको सभापतित्वमा ३०२ औं फृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा वत्ताहरुले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जिवनी बारे चर्चा गर्दै उनको दिव्योपदेस आज पनि उतिकै सान्दर्भिक रहेको बताएका छन ।
स्वागत तथा नागरिक अभिनन्दन मुल समारोह समितिका महासचिव हिरा बहादुर चन्दले संचालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि नरेश बहादुर सिंह, अध्यक्ष देवेन्द्रलाल नेफाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यत्रममा समितिका उपाध्यक्ष पशुपती विक्रम शाह, कोषाध्यक्ष राजकुमार सिंधि, राप्रपा नेता राम बहादुर थापा, जगरनाथ प्रसाद कुर्मी, राप्रपाका सांसद विना जैसवाल, मुल समारोह समितिका जनकलाल साह, सत्तार अन्सारी, उपेन्द्र यादव लगातय विभिन्न संघ संस्था तथा पार्टीका प्रतिनिधीहरुको सहभागीता रेहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -