सहारा दैनिक

spot_img
Homeदेशराष्ट्र भनेको भुगोल मात्र होइन जनताको साझा थलो हो–पुर्व राजा शाह

राष्ट्र भनेको भुगोल मात्र होइन जनताको साझा थलो हो–पुर्व राजा शाह

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ पुस ।
पुर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्र भनेको भुगोल मात्र होइन जनताको साझा थलो हो भन्नु भएको छ ।
उहाले ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिंदै राष्ट्र भनेको राष्ट्रवासी सबैले अनुभव गर्न सक्ने स्वतन्त्र सार्वभौम, मौलिक, साधिकारको धरोहर पनि हो उल्लेख गर्नु भएको हो ।
उहाबाट जारी सन्देशमा सिंगो नेपाल राष्ट्रको अस्तित्व खडा गरेर हामी सबैलाई नेपाली भन्ने हैसियत प्रदान गर्ने हाम्रा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई हामी हाम्रो इतिहासका गौरबशाली व्यक्तित्व मान्दछौं उल्लेख छ ।
सन्देशमा आफ्नो इतिहास आफ्नो स्वत्तत्व र आफ्नो अस्तित्वलाई भुलेर हामी जे जसरी जतातता भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न सक्दैनौं । त्यसैले पृथ्वीजयन्तीको यो शुभ घडीमा हामीले सम्झनै पर्दछ , नेपाल राष्ट्रका जनकलाई नेपाली मात्रका एकताका आधारलाई उल्लेख गर्नु भएको छ ।
राष्ट्र भनेको भुगोल मात्र होइन जनताको साझा थलो हो अनि राष्ट्र भनेको राष्ट्रवासी सबैले अनुभव गर्न सक्ने स्वतन्त्र सार्वभौम, मौलिक, साधिकारको धरोहर पनि हो सन्देशमा उल्लेख छ ।
सन्देशमा सबै जात जाती, सबै वर्ग समुदाय, सबै धर्म धारण गर्ने नेपाली एउटै सुन्दर बगैंचाका थरि थरी सुन्दर फूलहरु हुन् । हाम्रो राष्ट्र निर्माणको पूनित कामना यो हो भन्नु भएको छ ।
उहाले हाम्रो राष्ट्रनिर्माताबाट अभिव्यक्त भएका दिव्य धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्ने टड्कारो आवश्यकता अहिले देखिन्छ । त्यसैले यसका निम्ति हाम्रा राष्ट्रनिर्माताबाट भएका योगदान, कोरिएका मार्गचित्र तथा दिव्य उपदेशको स्मरण गर्दै त्यसको पदचापलाई पछ्याउदै हामी अघि बढौं भनी सन्देश दिनु भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -