सहारा दैनिक

spot_img
Homeसमाचारबन्ध्याकरण शिविरमा कम्बल वितरण

बन्ध्याकरण शिविरमा कम्बल वितरण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ पुस ।
पर्सा जिल्ला बिन्दबासिनी गाउपालिकाको सहयोगमा बहुअर्वा स्थित राधा कृष्ण चौरसिया माध्यमिक विद्यालयमा संचालित निशुल्क परिवार नियोजन / बन्ध्याकरण शिविरमा कम्बल वितरण गरिएको छ ।
शिविरमा परिवार नियोजन गराउन आएका महिलाहरुलाई कम्बल वितरण गरिएको हो ।
सन्तानको रहर पुगी सकेका महिलाहरूका लागि लक्षित गरी सञ्चालन गरिएको शिविरमा परिवार नियोजन/ बन्ध्याकरण गराइसकेका २९ जना महिलाहरुलाई गाउपालिका अध्यक्ष प्रमोद तिवारीले कम्बल वितरण गर्नु भएको पालिकाका स्वास्थ्य संयोजक नरेश चौहानले बताउनु भयो ।
विद्यालयमा संचालित निःशुल्क परिवार नियोजन/बन्ध्याकरण शिविर शुक्रवार सम्म चल्ने संयोजक चौहानले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -