सहारा दैनिक

spot_img
Homeदेशमधेश१६ लाख मुल्य बराबरको भन्सार छलीको सामान बरामद

१६ लाख मुल्य बराबरको भन्सार छलीको सामान बरामद

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ पुस ।
भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १९ विन्दवासिनीका नागेश्वर साह कलवारको ज्ञान सागर अंग्रेजी बोर्डिङ स्कुल परिसरबाट चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद गरेको हो ।
प्रहरी टोलीले बुधवार नागेश्वर साह कलवारको ज्ञान सागर अंग्रेजी बोर्डिङ स्कुलको खाली तल्लो तल्लाको खाली ब्राण्दामा भंसार छली चोरी पैठारी गरि ल्याइएको कपडा, रेडबुल, लेडिज नक्कली विभिन्न किसिमका गरगहना, लेडिज ब्रा र प्लाष्टिकको फुलहरू बरामद गरिएको जिप्रकाले जनाएको छ ।
प्रहरीले बरामद गरेको १६ लाख ६७ हजार ९ सय मुल्य बराकरका उक्त सामानहरु आवश्यक कारवाहीको लागि बिहिवार वीरगंज भन्सार कार्यालयमा पठाइएको जिप्रकाले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -