सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ पुस ।
बीरगंज महानगरपालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्था बीरगंजको कार्यालयमा शिलबन्दी गरेको छ ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करोडौ रुपैया फिर्ता नगरेको भन्दै महानगरपालिकाले शिलबन्दी गरेको हो ।
बीरगंज महानगरपालिका सहकारी शाखा प्रमुख सुनिल कुमार कर्णले वडा न ६ का वडा अध्यक्ष जय प्रकाश शाह अग्रवाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेव प्रसाद यादव, वडा प्रहरी कार्यालय बीर्ताको प्रतिनिधि प्रहरी सहायक निरीक्षक राम इश्वर महतो को रोहवरमा सानो पाइला सहकारीमा शिलबन्दी गरिएको बताउनु भयो ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करोडौ रुपैया फिर्ता नगरिरहेकाले कारबाहीको प्रकृया अनुरुप बिहिवार शिलबन्दी गरी थप निरन्तरता दिएको बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले जानकारी दिनु भएको छ ।
Facebook Comments Box