सहारा दैनिक

spot_img
Homeसमाचारपूर्वडिआइजी शाहलाई तीनवर्ष जेल सजाय

पूर्वडिआइजी शाहलाई तीनवर्ष जेल सजाय

काठमाडौँ, २५ पुस (रासस)
विशेष अदालतले नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय तोकेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय आज उक्त सजाय निर्धारण गरेको हो ।
क्षेत्रीय प्रहरी तालिम कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालीन डिआइजी शाहसहित दुई जनालाई अदालतले दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहलाई रु १६ लाख ६९ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । अदालतले सोही रकम नै बिगो र तीन वर्ष कैद सजाय हुने फैसला सुनाएको छ ।
यस्तै अदालतले उक्त प्रकरणमा पूर्वप्रहरी नायब निरीक्षक दीपेन्द्र प्रसाद पनेरुलाई पनि तीन वर्ष कैद तथा रु १६ लाख ६९ हजार जरिवाना गरेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -