सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ पुस ।
पर्सा प्रहरीले नियन्त्रणमा लिइएको भारतीय कुखुराको चल्ला नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले नियन्त्रणमा लिएको ४ हजार २ सय गोटा कुखुराको चल्ला पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सिया मार्फत वीरगंज महानगरपालिका वडा नं.१९ तिलावे खोलाको बगरमा नष्ट गरिएको हो ।
तस्करहरुले भारतीय कुखुराको चल्ला भन्सार छली चोरी पैठारी गरी क्वारेन्टाईनको चेकजाँच समेत नगराई अबैध रुपमा लुकाई छिपाई नेपाल तर्फ भित्राउदै गरेको अवस्थामा प्रहरी टोलीले बुधवार विहान (राति) अं. १ बजेको समयमा वीमनपा वडा नं.२१ बहुअरी स्थित सडकखण्डबाट ना.६ प ७६७२ र नम्बर उल्लेख नभएको मो.सा.हरुमा रहेको कुखुराको चल्ला ४२०० गोटा फेला परेको जिप्रका पर्साका प्रवक्त प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
चल्ला नष्ट गर्नुको साथै मंगलवार चल्ला सहित नियन्त्रणमा लिइएको द्यच्ण्छम् ढठद्दछ र द्यच्ण्छत्त घद्दटछ नं मो.सा.र बुधवार नियन्त्रणमा लिइएको चल्ला सहितको ना.६ प ७६७२ र नम्बर उल्लेख नभएको मो.सा.हरुलाई अ.मू.रू.४ लाख ५० हजार मूल्याङकन गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box