सहारा दैनिक

spot_img
Homeदेशमधेशबरहथवा घटनाः स्थानीय प्रशासन र प्रदर्शनकारी बीच एघार बुँदे सहमति

बरहथवा घटनाः स्थानीय प्रशासन र प्रदर्शनकारी बीच एघार बुँदे सहमति

मलंगवा, २२ पुस (रासस)
सर्लाहीको बरहथवा घटनामा स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय मलंगवामा भएको सहमतिअनुसार अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गरिनेछ ।
अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याको बनाइने छभने प्रदर्शनको क्रममा गोली लागेर ज्यान गुमाएका जयशङ्कर साहको नाममा अस्पतालको नामाकरण गरिने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
प्रदर्शनरत पक्ष र स्थानीय प्रशासनसँग ११ बुँदे सहमति भएसँगै आन्दोलनका सबै कार्यक्रम तत्काल रोक्न आन्दोलनरत समूह सहमत भएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -